माओबादी केन्द्रको दोधारा चाँदनीमा उत्साहजनक वडा सम्मेलन (हेर्नुस् भिडियो)

दोधारा । नेकपा माओवादी केन्द्रको राष्ट्रिय अधिवेशनको तयारी स्वरुप दोधारा चाँदनी नगरपालिका वडा वडामा सम्मेलन मार्फत वडा कमिटि गठन कार्य जारी रहेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नेकपा माओबादी केन्द्रले संचालन गरेको वडा सम्मेलन मार्फत वडा कमिटि चयनमा स्थानियहरुको उल्लेखनिय सहभागी रहेको नेकपा माओबदी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जानकारी दिएका छन् । वडामा भईरहेको वडा सम्मेलनमा बिभिन्न दल परित्याग गरि स्थानियहरु नेकपा माओबादी केन्द्रमा प्रबेश संग वडामा रहेको बिभिन्न पदमा बस्न उत्साहजनक सहभागिता रहेको उनले बताएका छन् । नेकपा माओबादीले केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिकाको बिभिन्न टोलमा टोल स्तरिय कमिटि गठन सकेलगत्तै वडा सम्मेलन मार्फत वडा कमिटि गठन कार्यलाई तिब्रता दिएको छ् ।

नेकपा माओबादी केन्द्रले दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २, ६, ७, ८, १० मा वडा सम्मेलन मार्फत वडा कमिटि गठन सम्पन्न गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर सदस्य तथा दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । यसै क्रममा आज दोधारा चाँदनी नगरपालिका वडा नं. ४ मा भब्यताको साथ वडा सम्मेलन सम्पन्न गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर सदस्य तथा दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को प्रथम वडा सम्मेलनबाट रोशन घटाल अध्यक्षमा चयन भएका छन् ।

आजको वडा सम्मेलनले रोशन घटाललाई नेकपा माओबादीको वडा अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा पार्वती तिरुवा, चन्द्र बहादुर ओड सचिव, प्रेम बहादुर खत्री सह–सचिव, कौशिला दमाई कोषाध्यक्षा सहित २९ सदस्यस्यीय वडा कमिटि गठन भएको नेकपा मोओबादी केन्द्र दोधारा चाँदनीका ईन्चार्ज भरत भट्टले जनाएका छन् । सम्मेलन मार्फत चयन भएका वडा कमिटिलाई अबिर माला लगाएर कार्यकालको शुभकामना दिईएको थियो ।

 

ताजा समाचार