कञ्चनपुर : नेकपा माओवादी बेदकोट नगरमा समेत वडा भेला शुरु भएका छन । शनिबारदेखि देशभर माओवादी केन्द्रमा वडा भेला अन्र्तरगत कञ्चनपुरको बेदकोट नगरमा समेत वडा भेला शुरु भएका हुन । माओवादी केन्द्र बेदकोट नगरका युवा नेता राजुराम सार्कीले पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप बेदकोट नगरमा समेत वडा सम्मेलन शुरु भएको बताए ।

नेकपा माओवादी केन्द्रका नेता एव सुप प्रदेश सदस्य ओम बिक्रम भाट(सरल)ले बेदकोट नगरको सम्मेलन उद्घाटन गरेका हुन । भेला उद्घाटन गर्दै माओवादी नेता भाटले पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप बेदकोट नगरका सबै वडाहरुमा सम्मेलन गर्नुपर्नेमा जोडदिएका छन । बेदकोट नगरपालिका १० को वडाध्यक्षमा सागर सुनार, ६ को बासुदेव भट्ट र २ ललित ओखेडाको अध्यक्षमा चयन भएका छन । आगामी मंसिरमा हुने राष्ट्रिय सम्मेलनको तयारीका लागि माओवादीले वडा सम्मेलन गरिरहेको छ ।







