नेपाल राष्ट्रिय समाज कल्याण संघद्धारा दोधाराका बाढी पिडितहरुलाई कृषी सामग्री

पप्पु गुरुङ्ग, दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपाल को सहकार्यमा दोधारा चाँदनीका बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रम अघि बढाएको छ् । एक महिना अघि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आएको बिनासकारी बेमौसी बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १० शान्ती टोल, कुतियावकर, प्रधान टोल, सुर्खेती टोल, बैतिफाँटा लगाएत अन्य वडाका बस्तीहरुमा धनमालको ठुलो क्षती भएको हुदा नेपाल राष्ट्रिय समाज कल्याण संघ र डिसिए नेपाल को सहकार्यमा दोधारा चाँदनीका बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रम अघि बढाईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का बिपद् फोकल पर्सन राजकुुमार सुनारले जनाएका छन् ।

५ सय घरधुरी बाढी पिडितलाई प्रति घरधुरी रु. ४ हजार ५ सय रुपिँया  बराबरको भौचर मार्फत कृषी सहायता सामग्री उलब्ध गराईएन थालेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का बिपद् फोकल पर्सन राजकुुमार सुनारले बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपाल को सहकार्यमा दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद उपलब्ध गराईदै आएको उनको भनाई रहेको छ् । किसानहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद बितरणको लागी नजिक पर्ने न्यु शुभम वाशुलिङ्ग ट्रेडर्स एण्ड सप्लायर्स र सबिम एग्रो सेन्टर तोकिएको छ् । बाढी पिडित किसानहरुले उक्त कार्यक्रमले तोकिएको रकम बराबरको तोकिएको पसलबाट गहुँको बिउ, मसुरो दालको बिउ, तरकारीको बिउ, मटर दालको बिउ, चना दालको बिउ, मलखाद, फरुवा, कुटो, हसिया खरिद खरिद गर्न पाउने ब्यवस्था गरिएको छ् ।

हिजो बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रमको उद्धघाटन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रमको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगरउपप्रमुख चिनी ओझा गिरी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का बिपद् फोकल पर्सन राजकुमार सुनार लगाएत वडाका जनप्रतिनिधी, राजनितिककर्मी, बाढी पिडित किसानहरुको उपस्थिती रहेको थियो । बिपद्को बेला नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालको टोलीलाई किसानहरुको मर्कालाई बुझेर सहयोग गरेको भन्दै बाढी पिडित, जनप्रतिनिधी, राजनितिककर्मी तथा स्थानियहरुले धन्यबाद दिएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले आगामी दिनहरुमा बिभिन्न दाताहरु संग सहकार्य गरि दोधारा चाँदनीका २ सय बाढी पिडितहरुलाई रु. ४ हजार ५ सय रुपिँया नगद आर्थिक प्रवाह गर्ने कार्यक्रम समेत रहेको बताईएको छ् ।

 

ताजा समाचार