नेकपा माओबादी केन्द्रको दोधारा चाँदनीमा टोल भेला

दोधारा । नेकपा माओबादी केन्द्रले दोधारा चाँदनीमा नगरअधिबेशनको तयारी अनुसार वडाका टोल–टोलमा वडा कमिटि गठन कार्य सुरु गरेको छ् । दोधारा चाँदनी नगरपालिकाका सबै वडाहरुमा नेकपा माओबादीले टोल भेला गरि टोल कमिटि गठन कार्य अघि बढाएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटिका सचिव भिम कुमालले जानकारी दिएका छन् । आउदो ४ गते वडा अधिबेशन र ११ गते नगर अधिबेशनको तयारीको लागी दोधारा चाँदनी नगरपालिकाका सबै वडामा टोल भेला गरि टोल कमिटि गठन गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटिका सचिव भिम कुमालले बताएका छन् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को कालिका टोल, पिपल चौतारी टोल, सुर्खेती टोल लगाएत टोलमा वडा कमिटि गठन भएको नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा केन्द्रिय कमिटि सल्लाहकार सदस्य तथा दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । उक्त कार्यक्रममा नेकपा माओबादी दोधारा चाँदनीका बरिष्ठ नेता धनलाल दमाई, नेकपा माओबादी दोधारा चाँदनीका नगर ईन्चार्ज भरत भट्ट, नगर सचिव भिम कुमाल, नगर सदस्य गोबिन्द पुन, नेकपा माओबादी केन्द्र कञ्चनपुर जिल्ला सदस्य धनसरा नाथ योगी लगाएत कार्यकर्ता तथा स्थानियहरुको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई लाल किल्ला बनाउन सबै कार्यकर्ता एकजुट हुनु पर्ने बताउदै नेकपा माओबादीका नगर ईन्चार्ज भरत भट्टले नेपालमा राजनितिक आमुल परिवर्त भएको कारण जनयुद्ध रहेको बताएका छन् । अरु दलहरुले देशमा राजकिय शासनलाई फाल्न र देश संघियतामा ल्याउन फुर्ती हाकेपनि जनताले सबै कुरालाई बुझेको कारण अबका दिनहरुमा नेपाली जनताहरु नेकपा माओबादी प्रति बिश्वास रहेको उनले बताएका छन् । यस्तै टोल कमिटि गठन कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले अबका दिनहरुमा देशैभरी नेकपा माओबादीको लहर आउने निश्चित भएको बताएका छन् । देश फेरी समान्तबादको ईशारामा संचालन हुन लागेको बताउदै नेपाली जनताहरुले सबै कुरा बुझेर नेकपा माओबादीका प्रबेश गर्नेको लहर छाएको नेकपा माओबादी दोधारा चाँदनीका सचिव भिम कुमालले कार्यक्रममा बताएका छन् । आउदो स्थानिय निर्वाचनमा नेकपा माओबादीले दोधारा चाँदनी नगर क्षेत्र संगै देशैभरी बहुमत प्राप्त गर्ने पक्का भएको उनको भनाई रहेको छ् । नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा केन्द्रिय कमिटि सल्लाहकार सदस्य तथा दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले संचालन गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्र कञ्चनपुर जिल्ला सदस्य धनसरा नाथ योगीले स्वागत मन्तब्य दिएका थिए । बाक्लो उपस्थितीको साथ संचालन भएको टोल भेलामा बिभिन्न पार्टी परित्याग गरि दर्जनौं ब्यक्ती नेकपा माओबादी केन्द्रमा प्रबेश गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगरकमिटिले जनाएको छ् ।

ताजा समाचार