दोधारा चाँदनीको बाढी ग्रस्त बस्तीमा सर्पको बिगबिगी


दोधारा । दोधारा चाँदनीको डुवान प्रभावित बस्तीहरुमा सर्पको बिगबिगी बढेर गएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल लगाएत बाढी गएको बस्तीमा सर्पको बिगबिगी बढेको स्थानियहरुले बताएका छन् । उक्त बाढी प्रभावित वस्तीमा सर्प देखिन थालेकोले बाढी प्रभावितहरु थप त्रसित भएका छन् । डुवान कम भएपछि घर फर्खिएका बाढी पीडितहरुले सर्प कारण बस्तीमा त्रास बढेर गएको स्थानियबासी माया देबि सुनारले बताएका छन् । एक महिना अघि आएको महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले ल्याएको फोहर मैलाको कारण बस्तीहरुमा अहिले सर्प बिगबिगी बढेको हो । कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल लगाएत बस्तीमा बेलुका सर्प निस्कन थालेपछि स्थानियहरु त्रसित भएका छन् । त्यस्तै बाढीको कारण बस्तीमा रुघाखोकी र ज्वरो पनि बढेको स्थानिय मोतीराम सुनारले बताए । बाढीले विस्थापित भएकाहरुले पानी घटे पछि घर पुगे पनि सर्पको कारण झनै आजित भएको उनि बताउछन् । बाढीले बस्तीमा फोहर जम्मा गरेपछि बस्तीनै दुर्गन्धीत भएर सर्प संगै लामखुट्टेको समस्या परेको उनिहरुमा छ् । दुर्गन्ध, सर्प र लामखुट्टे को कारण सुत्न नसकिने अवस्थाको सिर्जना भएको स्थानियबासीहरुले बताएका छन् । तत्काल लामखुट्टे र सर्प नियन्त्रण गर्न नगरपालिका कार्यालय संग औषधी छर्न माँग समेत गरेका छन् । स्थानिय आरती सुनारले घरमा सर्पको संख्या दैनिक बढेको बताए । ‘बाढी गयो, सर्प र लामखुट्टे बढेको छ, नियन्त्रण गर्नु पर्ने आवश्यकता छ् । पानी सुकेपछि घर गईयो’ कुतियाकवरबासी आरती सुनारले भनिन् ‘दिनभर काम गरेर घर फर्किदा घरमा सर्पको वास देखिन्छ सर्पलाई बाहिर खेदेर सुत्ने तरखर गरे, लामखुट्टेले रातभर सुत्न दिदैन ।’ बेलुका भएपछि सबै बाटोमा प्राय: विषालु सर्प देखिने गरेको उनले बताए । सर्पको कारण घरबाट निस्किन समेत समस्या हुने गरेको आरतीको भनाई रहेको छ् । हाल सम्म सर्पले कसैलाई नडसे पनि तत्काल नियन्त्रण गर्नुपर्ने कुतियाकवरबासी बताउछन् । जाडो बढ्दै गएपछि बाढी पीडित जोखिममा रहेको चिसो घरमा बस्न बाध्य भएका छन् । एक महिना अघि आएको बिनासकारी बाढीको कारण नजिकै रहेको अम्बिका माध्यमिक बिद्यालयमा केही दिनको लागी आश्रय लिएर बसेका दोधारा चाँदनीका बाढी पिडितहरु जाडो बढे संगै जोखिममा रहेको चिसो घरमा बस्न बाध्य भएका हुन् ।


ताजा समाचार

spot_img