एजेन्सि कार्यालय उद्घाटन

महेन्द्रनगर : नेपालकै पहिलाे र अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडले  महेन्द्रनगरमा दुईवटा एजेन्सि कार्यालयकाे उद्घाटन  सुदुरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारिले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ।

महेन्द्रनगरकाे भिमदत्तनगरपालिका १६ मझगाउ रत्नटाेलमा र महेन्द्रनगर बजारकाे गलि न ३ मा गरि एकै दिन प्रदेश प्रमुख तिवारीकाे प्रमुख आतिथ्य र महेन्द्रनगर शाखाका शाखा प्रमुख नवीन किशाेर भट्टकाे अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडका अत्तरिया शाखाका शाखा प्रमुख दिपक प्रशाद खत्री रहनु भएको कार्यक्रममा प्रमुख अतिथिले पानसमा दिपप्रज्वलन  तथा  ब्यानर बाचन गरि एजेन्सि कार्यालयकाे उद्घाटन गर्नु भएको छ।

कार्यक्रममा कम्पनीका अभिकर्ता, बिजनेस म्यानेजर, सिनियर बिजनेस म्यानेजर, चिफ बिजनेस म्यानेजर, सिनियर चिफ बिजनेस म्यानेजर सहितकाे उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ। एजेन्सि कार्यालय बाट बिमितले सहज रुपमा बिमा सम्बन्धि सबै सुबिधाहरु प्राप्त गर्न सक्नेछन भन्नू हुन्छ मझगाउ एजेन्सि कार्यालयका प्रमुख एवम् सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द।

ताजा समाचार

spot_img