दोधारा चाँदनीमा नेकपा माओबादीको नगर अधिबेशनको चहलपहल

दोधारा । नेकपा माओबादी केन्द्रले दोधारा चाँदनीमा नगरअधिबेशनको तयारीमा जुटेको छ् । आउदो ११ गते देखि नेकपा माओबादी केन्द्रले पालिका अधिबेशन गर्ने निर्णय संगै आज देखि दोधारा चाँदनी नगर क्षेत्रको बिभिन्न वडामा नेकपा माओबादी केन्द्रले टोल भेला सुरु गरेको छ् । आउदो ४ गते वडा अधिबेशन र ११ गते नगर अधिबेशनको लागी तयारी सुरु गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् । आज देखि दोधारा चाँदनी नगरपालिकाका सबै टोल बस्तीमा टोल भेला भईरहेको उनले बताएका छन् । नजिकिदै गरेको स्थानिय निर्वाचन लगाएत बदलिदो राजनितिक तरलताको बिच दोधारा चाँदनी नगर क्षेत्रमा नभई देशैभरी नेकपा माओबादी केन्द्रको बहुमत बिजय हुने नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बिश्वास लिएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा बिगत केही महिना देखि संगठन बिस्तारमा हिडेका नेकपा माओबादी केन्द्रका नेताहरुले नेकपा माओबादी प्रति जनताको बिश्वास रहदै आएको बताउदै संगठन बिस्तारमा स्थानियहरुको स्थानियहरुको उत्सुकता बढेको कारण नेकपा माओबादीको निर्वाचनमा बिजय निश्चित भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सदस्य भक्त बहादुर सुनारले बताएका छन् ।

 

ताजा समाचार