पप्पु गुरुङ्ग, दोधारा । महाकाली नदी र जगबुडा नदीमा आएको बाढीका कारण अन्न सहितको घर समेत बगाए पछि दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुको रोजीरोटीमा निकै प्रभाव पारेको छ् । महाकाली नदी र जगबुडा नदीको भंगालो कुतियावकर बस्तीमा पसेपछि उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियावकर तथा आसपासका बस्तीहरुमा स्थानियहरु एकातर्फ बिहान बेलुका हातमुख जोर्न धौं धौं छ् भने अर्कातर्फ ‘ऊ त्यहीं थियो मेरो खेत भनेर’ बगरमा परिणत र डुबेको क्षेत्र देखाउनु दैनिकी जस्तै बनेको छ् । राहत उद्धारका साथै सहयोग गर्ने भन्दै पुग्ने जो कोहीलाई यिनै पीडा व्यथा भन्नु, धेरै थोरै जे सहयोग पाईन्छ त्यो स्वीकार्दै अन्य सहयोगीको आश राख्दै यहांका स्थानीयवासीले जिवनयापन गरिरहेका छन् । ‘के गर्नु दु:ख गरेर रोपाई पनि गरिसकेका थियांै, रोपो हरियो थियो । यस पटक राम्रो धान तथा अन्य तरकारी खेती पनि खेतमै थियो । धानलाई घर भित्र्याउने समयमा एकाएक आएको बाढीले हाम्रो खेत डुवायो नै, घरमा साँचेर राखेको भकारीको अन्नपात पनि नदीले लगेर गयो’ स्थानिय मोहन सुनार भन्छन्– ‘खाईनखाई दु:खका साथ बनाएको नयाँ घरलाइृ पनि बाढीले क्षतबिक्षत गऱ्यो भने खेतमा रहेको धान त बगायोनै नदीले खेत बालुवामय बनायो ।’ खेतलाई बगर बनाएपछि छोरा छोरी सहित जहानपरिवार के खाएर बाँच्ने हो भन्ने चिन्ताले दिनरात सताइरहेको मोहन सुनारले भने ।


उनि जस्तै यति खेर यहाँका स्थानीय बाढीले पारेको क्षति सम्झादा पनि भक्कानो छुटेर आउने बताउछन् । महाकाली नदी बढेर रातीको समयमा अचानक आएको बाढीले घर र गोठ डुबाउदा सञ्चित अन्न, लत्ताकपडा, भाडावर्तन लगाएतका सम्पूर्ण सामग्री नष्ट हुनुको साथै गोठनै खाली बनाएको अर्का स्थानीयबासी मोतीराम सुनार बताउछन् । बाँचेका बस्तुभाउ खुल्ला आकाशमुनी बाटोमा बाँध्न बाध्य भएको उनको भनाई रहेको छ् । गत महिनाको ३१ गते देखि तिन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, प्रधान टोल लगाएत बस्तीहरुमा घर संगै लत्ताकपडा अन्नपात तथा खेती योग्य जग्गा सबै नास गरिदियो । घरमा पालेका भैसी, गाई, बाख्रा, कुखुरा बाढीमै बगे । झण्डै १ हजार घरपरिवारको बिचल्ली पऱ्यो । ‘बाढीकै कारण बस्ती दुर्गन्धीत हुनुको साथै कारण सर्पको बिगबिगी भएकोले कसरी रातदिन विताउने भन्ने भएको छ्’ मोतीराम सुनारले भने । बाढीले उनको धानखेत डुवानका साथै बाढीले ल्याएको बालुवाले पुरेर मरुभूमिमा परिणत भएको छ् । आफ्नो र छिमेकीको खेत कता हो भन्ने पत्तो नलाग्ने अवस्था बनाएको छ् ।


सो क्षेत्रका वासिन्दालाई विभिन्न रोगको प्रकोप र सर्पदंशबाट जोगाउन चुनौती छ् । बाढीग्रस्त बस्तीमा फोहरको कारण झाडा पखाला र ज्वरोको बिरामी देखा पर्न थालेका छन् । हेण्डपम्पको पानी समेत दुर्गन्धीत बनेको छ् । नदीले ल्याएको ठुला–ठुला गोलिया संगै फोहरले बस्तीनै दुर्गन्धीत तथा मैलो बनाएको छ् । धान तथा चौपाया मरेर बताबरणनै दुषित बनेको छ् । कुतियाकवर बस्ती बाढीको कारण दुर्गन्धीत भएकोले दोधारा चाँदनी नगरपालिका कार्यालय सफाई कार्यमा जुटेको छ् । बाढीका कारण दु:खमा परेका पिडितलाई केही हदसम्म भए पनि मलम लगाउने उद्देश्यका साथ बिभिन्न संघ–संस्था तथा ब्यक्तीहरुले पहिलो चरणमा राहत बितरण कार्यलाई समेत अघि बढाउदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाको शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, कुतियावकर, अठार नम्वर पिल्लर, प्रधान टोल लगाएत बस्तीहरुमा बाढीले थुप्रै जनधनको क्षति बनाएको छ् । साच्चै भन्ने हो भने उक्त बस्तीहरु अहिले बाढीको कारण आक्रान्त बनेको छ् । बर्खा गएपछि अचानक बेमौसी बाढीले दर्जनौं स्थानियहरुको सपना बढारेरै लग्यो । अधिकांश स्थानियहरुको शरिरमा लगाएको कपडा बाहेक केही रहने । राज्यको सिमित क्षमताले एकैपटक आईलागेका यि घटनालाई सम्बोधन गर्न कठिन भएको छ् । आवश्यक मात्रामा उद्घार सामग्री र जनशक्ती बाढीको बेला देखिएनन् । राहत पुर्याउने काम पनि भने जति चाडो भएन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारतको सिमा क्षेत्रमा रहेको कुतियावकर बस्तीमा भारतिय शिख धर्मालम्बीका अनुयायीहरुले समयमै राहत पुऱ्याउन भ्याए । तर नेपालको तर्फबाट झण्डै एक सातामा मात्रै राहत पुग्यो । यो बिषय बास्तवमै गम्भिर बिषय र सोचनिय बिषय भने पक्कै हो । विस्थापितहरुको अझै पनि बिचल्ली छ् । बाढीबाट के–कति नोक्सान भयो भन्ने मोटामोटी अनुमान मात्र गर्न सकिन्छ, एकिन गर्न धेरै समय लाग्छ् । बाढीको कुरा गर्दा यस्ता घटना विगतमा नभएका हैनन् । तर यस पटकको बाढीको बिगतका दिनहरु भन्दा भयानक र बिकराल थियो ।







