सुदूरपश्चिम प्रदेशबाट धनगढी उप-महानगरपालिका राष्ट्रिय लिगमा छनोट


कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश स्थित धनगढी उपमहानगरपालिका कैलाली उप मेयर कप राष्ट्रिय लिग २०७८ को लागि छनोट भएको छ । शुक्रबार भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा गौरिगंगा नगरपालिका कैलालीलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्दै धनगढी राष्ट्रिय लिगका लागि छनोट हुन सफल भएको हो ।No description available.सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा धनगढीको जितमा सीमा रावत, चन्द्रा भण्डारी, रेविका पाण्डे र सरस्वती रोकायाले गोल गरिन् । खेलको आठौं मिनेटमा सीमा रावतको गोलबाट धनगढीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
No description available.
दोस्रो हाफको सुरुमै ४६औं मिनेटमा रेविका पाण्डेले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारिन् । ६९औं मिनेटमा रेविका पाण्डेले गोल गर्दै धनगढीलाई ३–० ले अघि बढाइन् । ८८औं मिनेटमा सरस्वती रोकायाले गोल गर्दै धनगढीको फराकिलो जित पक्का गर्दै फाइनलमा स्थान बनाउन सफल भयो ।No description available.अब धनगढीले उपाधिका लागि ललितपुर महानगरपालिका ललितपुरसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । ललितपुरले शुक्रबारै कन्काई नगरपालिका झापालाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गर्नुका साथै राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको छ ।No description available.
ललितपुरको जितमा कप्तान निर्मला विकले एकमात्र गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भएको थियो । कन्काईका लागि दिपा शाहीले दुवै हाफमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार क्रसबारमा लाग्दा कन्काई अभागी सावित भएको थियो ।No description available.प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

ताजा समाचार

spot_img