दोधारा चाँदनीमा नेकपा (एकिकृत समाजबाद) को नगर भेला


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को पहिलो नगर भेला सम्पन्न भएको छ् । भेलामा जनता समाजबादी पार्टी दोधारा चाँदनीका नगर कार्य समिति नेकपा (एकीकृत समाजवादी) मा प्रबेश भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय सभा कक्षमा आयोजित नेकपा (एकीकृत समाजवादी) को पहिलो दोधारा चाँदनी नगर भेलामा जनता सामाजबादी दोधारा चाँदनी नगर अध्यक्ष धर्मराज जोशी सहित १९ जना नेकपा (एकीकृत समाजवादी) मा प्रबेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) प्रदेश ईन्चार्ज तथा केन्द्रिय सदस्य गरिमा शाह प्रमुख अतिथी रहेको आजको नगर भेलामा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, पुर्व सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, पुर्णबास नगरपालिकाका नगर प्रमुख जिवन थापा लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । नव प्रबेश कार्यकर्ताहरुलाई अबिर मालाले स्वागत गर्दै बधाई दिईएको थियो ।

 


ताजा समाचार

spot_img