कंचनपुर: महिला लघुबित्त बित्तीय संस्था लिमिटेडले भि न पा १२ का गरीब तथा बिपन्न परिवारलाई राहत बितरण गरेको छ । भि न पा १२ का १६ परिवार लाई प्रती परिवार दुई हजारका दरले सहयोग गरेको छ । केन्द्रिय कार्यालय सागा काभ्रे रहेको सस्थाले भि न पा को शाखा कार्यालय मार्फत सहयोग गरेको छ । ३३ जिल्लामा ६६ वटा शाखाहरु मार्फत सेवा दिदै आईरहेको सस्थाले आफ्ना सदस्यहरुलाई बिपतमा परेको बेला सहयोग गर्नु पर्छ भन्ने मान्यताले सहयोग गरेको सुपरिवेक्षण तथा निरीक्षण कार्यालय अत्तरिया का प्रमुख टेक बहादुर बोगटी ले बताए ।


वहाले भने २०५० साल देखी हाम्रो सस्था निरन्तर गरिबी निवारण तथा सामाजिक छेत्रमा काम गर्दै आएको र हाल पनि मानवीय भावनाले सहयोग गर्नु पर्छ भन्ने मान्यताले आफना सदस्यहरु लाई सानो सहयोग गरेको बताए । हाल कंचनपुरमा भि न पा र बेदकोटका ९४ केन्द्र बाट १३०० सदस्यहरुलाई सस्थाले सेवा दिदै आईरहेको छ ।भि ना पा १२ का दुई वटा केन्द्र ८७ र ७८ का सदस्यहरुलाई राहत स्वरुप नगद रु २००० बितरण गरिएको थियो ।

राहत पाउने सदस्यहरुले आफुहरु अरु सस्थामा आबद्ध भए पनि कुनै सस्थाले हामिलाई नहेरेको बताए र महिला लघुबित्तले सानै भए पनि सहयोग गरेकोमा धन्यवाद दिए । कार्यक्रममा अत्तरिया शाखाका प्रमुख टेक बहादुर बोगटी, महेन्द्रनगर शाखाका प्रमुख प्रकाश बहादुर चन्द र राजिपुर कैलाली का प्रमुख बिबेक कुमार को सहभागीता रहेको थियो ।







