दोधारा । निड्स नेपाल कञ्चनपुर लगाएत संस्थाले दोधारा चाँदनीका बाढी पिडितहरुलाई राहत बितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई निड्स नेपाल कञ्चनपुर/युनिसेफ, नेपाल रेडक्रस सोसाईटी, नेपाल स्काउट र चौधरी ग्रुपले खाद्य तथा गैर खाद्य बस्तु बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको कार्यालयमा बाढी पिडितहरुलाई बोलाएर त्रिपाल, भाडा कुडा, कपडा, चाउचाऊ, रियल जुस लगाएत सामग्री बाढी पिडितहरुलाई निड्स नेपाल कञ्चनपुर/युनिसेफ, नेपाल रेडक्रस सोसाईटी, नेपाल स्काउट र चौधरी ग्रुपले बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले जनाएका छन् ।


दोधारा चाँदनी नगरपालिका वडा नं. ८, ९ र १० का २ सय ७५ घरधुरीलाई उक्त राहत सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले बताए । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका झण्डै एक हजार १ हजार घरपरिवार बेघर भएका हुन् । निड्स नेपाल कञ्चनपुर/युनिसेफले त्रिपाल, भाडा कुडी, बाल्टी लगाएत सामग्री उपलब्ध गराएको छ भने, नेपाल स्काउटले लगाउने लुगा, चौधरी ग्रुपले चाउचाऊ र रियल जुस तथा नेपाल रेडक्रस सोसाईटीले त्रिपाल, कम्बल लगाएत सामग्री नगरपालिकालाई बाढी पिडितहरुको लागी राहत सामग्री उपलब्ध गराएको थियो । राहत बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख बिर बहादुर सुनार, वडा अध्यक्ष, निड्स नेपाल कञ्चनपुरका शुनिल सेठ्ठी, भावना बोग्टी लगाएत बाढी पिडितहरुको बाक्लो उपस्थिती रहेको थियो ।







