दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका पुर्व डाक्टर गगन चौधरीलाई घोडे जात्रा कार्यक्रममा सम्मान गरिएको छ् । कोरोना नियन्त्रणको हिरो तथा एक असल डाक्टर भन्दै डाक्टर गगन चौधरीलाई दोधारा चाँदनी नगरपालिकामा वार्षिरुपमा तिहारको भोली पल्ट लाग्ने ऐतिहासिक घोडे जात्रामा सम्मान गर्दै मायाको चिनो प्रादन गरिएको हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ देउराघाट मा बिगत लामो समय देखि तिहारको भोली पल्ट संचालन हुने घोडे जात्रा–२०७८ मा स्थानियहरुको बाक्लो उपस्थिती रहन्छ् । हिजो संचालन भएको रात्रीकालिन घोडे जात्रा कार्यक्रममा घोडे जात्रा–२०७८ ब्यवस्थापन समितिका अध्यक्ष बसन्त रोकायाको सभापतित्वमा हिजो संचालन भएको रात्रीकालिन घोडे जात्रा बिशेष कार्यक्रमका प्रमुख अतिथी कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार रहेका थिए भने बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी रहेका थिए । अतिथीमा दोधारा चाँदनी नगरपालिकाका वडा अध्यक्ष, बिभिन्न राजनितिक दलका प्रतिनिधी, स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेर जनताको सेवामा समर्पित भई कार्य गरेका ‘कोरोना नियन्त्रणको हिरो’ डा. गगन चौधरीलाई घोडे जात्रा कार्यक्रम –२०७८ मा सम्मान गरिएको आयोजकले जनाएको छ् ।


विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको पहिलो र दोस्रो लहरको कोरोनाले सुदूरपश्चिममा आक्रामकरुपमा संक्रमितहरुको संख्या बढ्दै गईरहेको अवस्थामा दोधारा चाँदनी भारत संग जोडिएको ३५ किलोमिटर खुला सिमा क्षेत्रको कारण उच्च जोखिममा रहेको दोधारा चाादनी नगरपालिकामा दिनरात आफ्नो ज्यानको पर्वाह नगरि सेवा प्रदान गरिरहेका डा. चौधरी यस क्षेत्रमा ‘हिरो’ का रुपमा परिचित हुन् । पहिलो लहरको कोरोना संक्रमणका बेला चौधरी कार्यरत दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य भन्दा सामान्य स्वास्थ्य सामग्रीको अभाव थियो । त्यस्तो बेला डा. चौधरीले प्लास्टिकको पिपिई बनाएर आफ्नो ज्यानको पर्वाहनै नगरि संक्रमितको उपचार गरेका थिए । डाक्टर चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा आगमन पछि स्वास्थ्य केन्द्रमा स्थानियहरुमा बिश्वास जागेको हो । दोधारा चाँदनी नगरपालिकाको एक असल र जनताको डाक्टर भन्दै डाक्टर चौधरीलाई सम्मान स्वरुप मायाको चियो प्रदान गरिएको घोडे जात्रा कार्यक्रम –२०७८ का आयोजक समितिका सदस्य तमान सिंह गुरुङ्गले बताएका छन् । डाक्टर चौधरी सहित भुसीका नाईके भिम सेन थापा लगाएत घोडे जात्रामा सहयोग पुऱ्याउदै आएका ब्यक्तीहरुलाई सम्मान गरिएको घोडे जात्रा कार्यक्रम –२०७८ का आयोजक समितिका सदस्य तमान सिंह गुरुङ्गले बताएका छन् । कार्यक्रम संचालन चमन खड्काले गरेका थिए भने स्वागत मन्तब्य मुक्ती नाथ पुन मगरले गरेका थिए । कार्यक्रम अबेर राती सम्म भब्यताको रुपमा संचालन गरिएको आयोजक संस्थाले जनाएको छ् ।







