कञ्चनपुर: जिल्लाको महेन्द्रनगर स्थित रहेको अपाङ्ग कृषक समुह अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरु ले संञ्चालन गरेको पोल्ट्री फर्मको भीमदत्त नगरपालिका मेयर बिष्ट द्धारा अवलोकन तथा निरीक्षण गरेका छन ।
सुदूरपश्चिम प्रदेशमा मात्रै नभएर देशकै पहिलो उत्कृष्ट नमुना रूपी अपाङ्ग कृषक समुहमा १८ जना अपांङ्गगता भएका व्यक्तिहरु ले कृषि क्रान्तिमा होमिदै कृषक समुह संञ्चालनमा ल्याएको भीमदत्त नगरपालिका–१८, माथिल्लो गोवरैयामा रहेको पोल्ट्री फर्म र माछापालन व्यवसायको आइतबार भीमदत्त नगरपालिका मेयर सुरेन्द्र बिष्ट र भीमदत्त नगरपालिका सामाजिक अधिकृत गौमती अवस्थीले अवलोकन गरेका हुन ।

मेयर बिष्टले फर्मको अवलोकनको क्रममा ‘अपांङ्गता भएकाहरुले संचालनमा ल्याएको यो कृषक समुहले गरेको व्यवयासयको प्रशंसा गदै अबका आगामी दिनमा भीमदत्तमा मात्रै सिमित नरही सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा समेत व्यवसायको बृद्धि विकास गरिने र त्यसका लागि भीमदत्त र व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता गर्नु भयो।’
‘तपाईहरुले यति राम्रो नमुना व्यवसाय गर्नु भएको छ, तपाईहरुले गरेको यो कार्य अन्य व्यक्तिहरुकालागि समेत प्रेरणाको स्रोत बन्न पुगेको छ, बिष्टले भने ‘नगरपालिका र मेरो तर्फबाट यो फर्मको बृद्धि विकासको लागि सक्दो सहयोग आगामी दिनमा थप गर्छु, हामीले के गर्नुपर्छ भन्नु होला हामी जहिले पनि तयार छौँ ।’

विश्वव्यापी रुपमा फैलिएको महामारी संगै दुई बर्ष अघि कृषक समुह दर्ता गरी लकडाउन बन्दा बन्दी समयवधिमा चुनौतीपूर्ण वातावरणमा व्यवसाय सुरु गरेको कृषक समुहका अध्यक्ष मनोज बहादुर चन्द बताए । अध्यक्ष चन्दले भने’ अहिले स्थानिय जातका लोकल कुखुरा, टर्की पालिएका छन् ।

भीमदत्त नगरपालिकाले वायुफलग प्रविधिबाट माछा पालनका लागि ३ लाख सहयोग गरेको त्यसमा चिसो मौसमले बिज्ञका अनुसार मर्न सक्ने हुँदा फागुन महिनामा माछापालनका लागि माछाका भुराको माग समेत गरिसका छौँ ।’ अपाङ्गता भएका व्यक्तिले अरुको मुख मात्रै ताक्दैन,आफै पनि कमाएर आत्मनिर्भर बन्न सक्छन भन्ने उदाहरण दिनकोलागि पनि आफुहरुले व्यवसाय संञ्चालन गरेको र भूमि तथा कृषि सहकारी मन्त्रालयका लाईभस्टक अधिकृत दीर्घ कुमार स्वारको प्रेरणा र साथ सहयोगले आफुहरुलाई स्ववलम्बी र व्यवसाय गर्न सहयोग पुगेको अध्यक्ष चन्द बताउछन् ।
अपाङ्गता भएका व्यक्तिहरू का अभिभावक समेत रहनु भएका स्वारले भने ‘मेरुदण्ड पक्षघात भइ ह्वीलचेयरमा बसेर मात्र जिवन विताउन सकिन्छ भन्ने कुरा थाहा पाएलगत्तै आफुले अपांङ्गता भएकाहरुले पनि केहि गर्न सक्छन भन्ने उदाहरणीय रुपमा सन्देश समाजलाई दिनुपर्छ भन्ने विचार आएर नै सामाजिक कार्यमा लागेको साथै आगामी दिनमा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका ८८ वटै स्थानीय तहमा व्यवसाय लाई अगाडि बढाउने छौ।’ अधिकृत स्वारले बताए । स्वार २०६५ फागुन ११ मा सरकारी सेवाकै सिलसिलामा कार्यलयबाट घर फर्किने क्रममा अछाममा मोटर साईकल दुर्घटनामा परि अपांङ्ग भएका हुन ।
पछिल्लो समयमा फैलिएको महामारीको विषय परिस्थितिमा सहजीकरण जीवनकाल बिताउन कृषि व्यवसाय लाई निरन्तरता दिनु पर्ने देखिन्छन् । पछिल्लो समयमा आत्मनिर्भर बन्न कसरी लागि पर्नु पर्छ भन्ने बारेमा समेत समय परिवेशले पाठ सिकाएको छ।