दोधारा चाँदनीको वडा नं. ५ मा नेकपा माओबादीको शुभकामना आदान प्रदान कार्यक्रम


दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा नेकपा माओबादीले कार्यकर्ता भेट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ् । शुभ दिपावलीको पावन अवसरमा नेकपा माओबादीले कार्यकर्ता भेट तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई अघि बढाउने क्रममा आज दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा उक्त कार्यक्रम सम्पन्न गरेको नेकपा माओबादी दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जनाएका छन् । नेकपा माओबादी केन्ऽ दोधारा चाादनीका नगर सचिव भिम कुमालको संयोजकत्वमा आज कार्यकर्ता भेट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको हो । भेटघाटमा दोधारा चाादनी नगरपालिका क्षेत्रको समस्या, बदलिदो राजनितिक परिस्थिती, आगामी नेकपा माओबादी केन्ऽको रणनिती तथा कार्यक्रमको बारेमा समेत छलफल गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीले जनाएको छ् । भेटको क्रममा आउदै गरेको स्थानिय निर्वाचनमा नेकपा माओबादी पहिलो पार्टीकोरुपमा उभ्यान कार्यकर्ताहरुले प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा संगठनलाई अझ सशक्त बनाउन थप काँधमा जिम्मेवारीमा थपिएको बताउदै आगामी दिनहरुमा दोधारा चाँदनी लगाएत क्षेत्रमा नेकपा माओबादी केन्द्र पहिलो नम्वरको पार्टी हुनेमा बिश्वास गरिएको बताईएको छ् । आगामी दिनहरुमा पार्टीका भातृसंगठनलाई अझै सशक्त बनाउन दोधारा चाँदनी नगर क्षेत्रको बिभिन्न वडा टोलमा राजनितिक गतिबिधी बढाउने हुने नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् । हिजो दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारीमा कार्यकर्ता भेट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

 


ताजा समाचार

spot_img