दोधारा चाँदनीमा नेकपा माओबादीको भेटघाट कार्यक्रम


दोधारा । दोधारा चाँदनीमा नेकपा माओबादी केन्द्रले भेटघाट कार्यक्रम अघि बढाएको छ् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालको संयोजकत्वमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारीमा कार्यकर्ता तथा स्थानियहरु संग भेटघाट गरिएको छ् । भेटघाट कार्यक्रममा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर कमिटिको टोलीले कार्यकर्ता तथा स्थानियहरु संग भेटघाट संगै नेपालीहरुको महान चाड दिपावलीको शुभकामना आदान प्रदान समेत गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् । भेटघाटमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समस्याकारुपमा रहेका तटबन्ध निमार्ण, आगामी नेकपा माओबादी केन्द्रको रणनिती तथा कार्यक्रमको बारेमा समेछ छलफल गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीले जनाएको छ् । कार्यक्रममा संगठनलाई अझ सशक्त बनाउन थप काँधमा जिम्मेवारीमा थपिएको बताउदै आगामी दिनहरुमा दोधारा चाँदनी लगाएत क्षेत्रमा नेकपा माओबादी केन्द्रले पहिलो नम्वरको पार्टी हुनेमा बिश्वास गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका वडागतरुपमा पार्टीको कार्यक्रमहरु गर्ने तयारी भईरहेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् ।


ताजा समाचार

spot_img