दोधारा चाँदनीका निमार्ण ब्यवसायीहरुले दिए कुतियाकवरका बाढी पिडितहरुलाई राहत

दोधारा । दोधारा चाँद नी नगरपालिकाका ११ निमार्ण ब्यवसायीहरुले दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवरका बाढी पिडितहरुलाई राहत बितरण गरेका छन् । तिहारको समयमा बाढी पिडितहरुलाई खाद्यान्नको अभाव नहोस् भन्ने उद्धेश्यले आज ४२ घरधुरीलाई ४२ बोरा चामल बितरण गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले जानकारी दिएका छन् । ईश्वर कन्सट्रक्सन, कैलपाल निमार्ण सेवा, देउती बिल्डर्स, जयगदमेश्वर बिल्डर्स, गडवालिङ्ग निमार्ण सेवा, दिमुक निमार्ण सेवा, किशोर निमार्ण सेवा, जेएमडी कन्सट्रक्सन, पुर्णागिरी निमार्ण सेवा, माहाकाली कन्सट्रक्सन, न्यु हुनैनाथ निमार्ण सेवा दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिका कार्यालयलाई बाढी पिडितहरुको लागी ५५ बोरा चामल उपलब्ध गराएका हुन् ।

निमार्ण ब्यवसायीहरुले दिएका ५५ बोरा मध्ये ४२ बोरा चामल कुतियाकवरका बाढी पिडितहरुलाई आज बितरण गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले बताएका छन् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका १ हजार अस्सी घरपरिवार बेघर भएका हुन् । बेमौसमी वर्षाको कारण दोधारा चाादनी नगरपालिकाको कुतियाकवर, शान्ती टोल, बैतिफााटा, निशानी टोल, प्रधान टोल, अठार नम्वर पिल्लर बस्ती लगाएत टोलहरुमा महाकाली नदी र जगबुडा नदीमा आएको बाढी पसेपछि बाढीले स्थानियहरुको लाखौंको धनमालको क्षती बनाएको हो । दोधारा चाँदनी नगरपालिकामा अझै सम्म ८ सय ८१ जना बाढी पिडितहरुले बिभिन्न संघ–संस्था तथा ब्यक्तीहरुले पठाएका राहत पाईसकेका छन् ।

ताजा समाचार