दोधाराका २ सय ७३ घरपरिवार बाढी पिडितलाई निर्धनको राहत

दोधारा । दोधारा चाँदनीका बाढी पिडितलाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले राहत बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का २ सय ७३ घरपरिवार बाढी पिडितलाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखा कार्यालयले राहत बितरण गरिएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनीका शाखाका शाखा प्रमुख जीत नारायण चौधरीले जनाएका छन् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका १ हजार अस्सी घरपरिवार बेघर भएका हुन् । संस्था संग आबद्ध सदस्यहरुको बाढीको कारण क्षती भएको हुदा उनिहरुलाई थोरै भएपनि पिडाको बेला सहयोग गर्ने उद्धेश्यले राहत बितरण गरिएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनीका शाखाका शाखा प्रमुख जीत नारायण चौधरीले बताएका छन् ।

बाढीबाट प्रभावित भएका आफने सदस्य घरपरिवारलाई पुर्ण क्षती भएकाहरुलाई रु. ४ हजार, सामान्य क्षतीभएकाहरुलाई रु. २ हजारको दरले राहत रकम प्रदान गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका बिभिन्न टोल बस्तीमा बस्दै आएका आफ्ना २ सय ७३ सदस्य बाढी पिडित घरपरिवारलाई रु. ६ लाख १४ हजार नगद रकम राहत स्वरुप बितरण गरिएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखा कार्यालयले जनाएको छ् । एक कार्यक्रमको बिच उक्त रकम बितरण गरिएको हो । राहत बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी, वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार, कार्यपालिका सदस्य बिरमा बुढाथोकी, उर्मिला सुनार, नन्दलाल सुनार, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखा प्रमुख जीत नारायण चौधरी, कार्यक्रम अधिकृत निरज आचार्य लगाएत सुरक्षाकर्मी तथा बाढी पिडितहरुको बाक्लो उपस्थिती रहेको थियो । राहत बितरण कार्यक्रमा बोल्दै दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनारले संस्थाले बाढीले समस्यमा परेको बेला आफ्नो सदस्यहरुलाई गरेको आर्थिक सहयोग अतुलनिय रहेको बताएका छन् । बेमौसमी वर्षाको कारण दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधान टोल, अठार नम्वर पिल्लर बस्ती लगाएत टोलहरुमा महाकाली नदी र जगबुडा नदीमा आएको बाढी पसेपछि बाढीले स्थानियहरुको लाखौंको धनमालको क्षती बनाएको हो । ग्रामिण क्षेत्रका लक्षित वर्ग सम्म प्रभावकारीरुपले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरि विपन्नलाई आत्मनिर्भर बनाई लघुउद्यमी र साना उद्यमीमा परिणत गर्न सहयोग पुऱ्याईरहेको सहयोग प्रति निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनारले धन्यवाद ब्यक्त गरेका छन् ।

कार्यक्रममा संस्थाका शाखा प्रमुख जीत नारायण चौधरीले शाखाबाट बेमौसमी बाढीले दोधारा चांदनी नगरपालिका वडा नं. ८, ९ र १० मा १५ वटा समुहका २ सय ७३ जना बाढीले प्रभावित भएकोले राहत बितरण कार्य अघि बढाईएको बताएका छन् । संस्थाले विगत २९ वर्ष देखि देश का ७७ वटै जिल्लामा १ सय ८१ वटा शाखा संचालन गरेर वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरिरहेको र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी शाखाले १ सय २२ वटा केन्द्र गठन गरेर करीब २ हजार ५ सय जना सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा पुरयाई रहेको उनले बताए । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग र ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक राहत सहयोग लगाएतका सेवा सुबिधा दिदैं आएको बताईएको छ् ।

 

ताजा समाचार