कञ्चनपुर ,

बेदकोट नगरपालिका लाई पछी पार्दै गौरिगंगा नगरपालिका उप-मेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४-० गोल अन्तरले हराउँदै गौरिगंगा नकआउट चरणमा पुगेको हो ।
जसमा बेदकोट नगरपालिका र गौरीगंगा नगरपालिकाको एक जित एक बराबरी खेल्दै समान ४ अंक रहेको थियो। अंक बराबरी भए पनि गोल अन्तरले बेदकोट प्रतियोगिताको आगामी यात्रामा पुर्ण बिराम लागेको हो। गौरीगंगा ४ र ३ बेदकोट १ गोलको अन्तरले पछि पर्न पुग्यो।

गौरिगंगाको जितमा प्रतिक्षा चौधरी, मन्जली कुमारी योन्जन, गंगा कुमारी चौधरी र ललिता कुमारी भाटले एक-एक गोल गरिन् । जितसँगै समूह ‘आई’ को गौरिगंगाले २ खेलमा ४ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । जसमा ५ टिमले समूह बिजेता बन्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन् । सुदूरपश्चिम प्रदेशबाट भने समूह विजेता बन्दै तीन वटा स्थानीय तहका टिम धनगढी उप-महानगरपालिका ,गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिका नकआउट चरणमा पुग्न सफल भएका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।






