महेन्द्रनगर,
रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले एक कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्मान गरिएको छ।
शनिबार आयोजना गरिएको कार्यक्रमका सभातित्व रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडका महेन्द्रनगर शाखा प्रमुख राजेनद्र भट्ट रहनु भएका थिए । प्रमुख अतिथि महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कष्णदत्त जोशी (बोक्सर) रहनु भएका थिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यवसाय बिमा अभिकर्ताहरुलाई सम्मान गरिएको हो । महेन्द्रनगर शाखाले एजेन्सि म्यानेजर राजेनद्र प्रसाद अवस्थी, राजेन्द्र साँउद,सिता जोशी, विरेनद्र बहादुर शाह, लक्ष्मी खड्का, तारा अवस्थी, मोहन सिह विष्ट, कुमारी निर्मला विष्ट, यज्ञराज पाण्डेय, र बलदेव भट्ट लगायतलाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै प्रमाणपत्र प्रदान गरेको थियो।
कम्पनीले टप फाईफ भित्र पर्न सफल राजेन्द्र सिह साउद, बलदेव भट्ट, सिता जोशी र सुरेन्द्र सिह महता लगायतका पाच जना एजेन्सि म्यानेजरलाई सम्मान गरेको गरेको थियो। कार्यक्रममै सुदूरपश्चिम प्रदेशको रिप्रेजेन्टेटिभ नरेन्द्र महताले आफ्नो अफलाईन अन्तरगत रहेको एजेन्सि म्यानेजरहरुलाई ट्रफि वितरण गरेका थिए । त्यसैगरी सेवाग्राहीकोरुपमा हेमराज जोशीलाई पनि सम्मान गर्नु भयो।
कार्यक्रममा प्रमुख अतिथि रहेका महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समिति का निवर्तमान अध्यक्ष कृष्णदत्त जोशीले विमा गर्नु भविष्यको लागि सुरक्षा भएको बताए । निवर्तमान अध्यक्ष जोशीले २०५७÷०५८ साल तिरको आफु पनि अभिकर्ता भएर जिल्लाका विभिन्न ठाउँमा साइकल चडेर कार्य गरेको र विचमा विबिध कारणले छोड्नु परेको कुरा स्मरण गर्दै केहि दिनमै २० लाख बरावरको विमा गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । त्यतीबेलाको उनले आफुले समयमा नै १ सय ७५ जनाको विमा गराएको विमाले विमितको स्वास्थ्यदेखि विभिन्न कुराको उच्च जोखिम बहन गर्ने भएकाले बिमा गर्नु अनिवार्य रहेको छ।
कार्यक्रमका विमा कम्पनीको बारेमा महेन्द्रनगर शाखाका प्रमुख राजेनद्र भट्टले प्रकाश पारेका थिए । भने कार्यक्रममा आफ्ना अनुभव शेयर सुदुरपश्चिम रिप्रेजेन्टिेटिभ नरेन्द् महताले राखेका थिए । कार्यक्रम सञ्चालन बलदेव भट्टले गर्नु भएको थियो ।






