उप-मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता : धनगढी नकाउट चरणमा प्रवेश

गोकर्णेश्वरले धनकुटा लाई ४-० गोल अन्तरले हराउदा पनि गोल अन्तरले समूह चरणबाट बाहिरियो


कञ्चनपुर ,
उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले धनकुटा उप-महानगरपालिका लाई हराउदा पनि धनगढी उप-महानगरपालिका समूह विजेता वन्दै नकाउट चरणमा प्रवेश गरेको छ।
शुक्रबार धनगढी उप-महानगरपालिका र गोकर्णेश्वर नगरपालिका बिच भएको खेलमा १-१ गोलको बराबरी खेल्दै समान एक-एक अंक भाड्न पुगेको गोकर्णश्वर नगरपालिका धनकुटा लाई आइतबार ४-० गोलको अन्तरले हराउदै जित निकाल्दा पनि समूह चरण बाट बाहिरन पुगेको छ। बुधबार भएको पहिलो खेलमा धनगढी उप-महानगरपालिकाले धनकुटा लाई ५-० गोलको फराकिलो गोल अन्तरले हराएको थियो। जसको फाइदामा आज गोल अन्तरले समुह विजेता बन्दै नकाउट चरणमा पुगेको हो। जसमा धनगढीले ५ अंकमा ६ गोल हान्दै १ खाएको थियो। भने गोकर्णश्वार नगरपालिकाले ५ अंकमा ५ गोल हान्दै १ खाएको थियो। धनगढी उप-महानगरपालिकाले आफ्नो नकाउट चरणको खेल कार्तिक २३ गते बासगढि नगरपालिका बर्दिया संग खेल्ने कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष डबल बहादुर थापाले जानकारी दिएको छ।
धनगढी उप-महानगरपालिका महिला फुटबल टिममा रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका छन् । भने महिला फुटबल टिमको प्रशिक्षकमा राघबेन्द्र कार्की र व्यवस्थापकमा
सुरज तामाङ्ग रहेका छन् ।
देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उपमेर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट ५ नगरपालिकाले मात्रै सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।

ताजा समाचार

spot_img