दोधाराका ८३ बाढी प्रभावित परिवारलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ र पुर्व मन्त्री चटौतको राहत सामग्री

दोधारा । सेभ द चिल्ड्रेनको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) र पुर्व मन्त्री तारणी दत्त चटौतले दोधारा चाँदनी नगरपालिकाका ८३ घरपरिवारलाई राहत सामग्री बितरण गरेका छन् । । सेभ द चिल्ड्रेनको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) र पुर्व नागरिक उड्यन तथा पर्यटन मन्त्री तारणी दत्त चटौतले दोधारा चाँदनी नगरपालिका वडा नं. १० का ८३ बाढी पिडित घरपरिवारलाई राहत सामग्री बितरण गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले जानकारी दिएका छन् । पुर्व मन्त्री तारणी दत्त चटौतले ५० बोरा चामल र सेभ द चिल्ड्रेनको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) ले किचन किट, हाईजेनिक किट, त्रिपाल लगाएत सामग्री उपलब्ध गराएको हो । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका कार्यालयमा उक्त सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । राहत बितरण कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले दाताहरुले बाढीले क्षती भएको बस्तीका लागी दिदै आएको राहत सामग्री सहयोग अतुलनिय भएको बताउदै पिडाको यस घडीमा सहयोग गर्ने सबै दाताहरुलाई धन्यबाद दिएका छन् । बाढीले स्थानिय किसानहरुको गहुँ समेत बगाएर लगेको हुदा किसानहरुका लागी गहुँको बिउको सहयोग गरिदिन सेभ द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) लगाएत सबै दाताहरुलाई आह्वान उनले गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै पुर्व नागरिक उड्यन तथा पर्यटन मन्त्री तारणी दत्त चटौतले अबका दिनहरुमा महाकाली नदीको तटबन्ध मर्मत तथा निमार्ण संगै जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण गनु पर्ने भएको बताउदै सबै तह तथा ताप्काबाट यसको लागी सहयोगको खाँचो रहेको बताए । बिगतका दिनहरुमा आफु मन्त्री पदमा भएको बेला जापानी संस्था जाईकालाई महाकाली नदीमा तटबन्ध निमार्ण कार्य गर्न निकै ठुलो पहल गरेको बताउदै दोधारा चाँदनी नगरपालिकाबासीको अबका दिनहरुमा बाढी नियन्त्रणमा सबैको एकै आवाज हुनु पर्ने पुर्व नागरिक उड्यन तथा पर्यटन मन्त्री तारणी दत्त चटौतको भनाई रहेको छ् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, पुर्व मन्त्री तारणी दत्त चटौत, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) का बिपद् फोकल पर्सन राज कुमार सुनार, सेभ द चिल्ड्रेनका संजिव शाक्य, रत्न ओझा लगाएत बाढी पिडितहरुको बाक्लो उपस्थिती रहेको थियो । बाढी पिडितहरुले दाताहरुबाट राहत पाएपछि खुशी हुदै पिडाको बेला दाताहरुले सहयोग गरेको भन्दै आभार ब्यक्त गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा अझै सम्म ८ सय ८१ जना बाढी पिडितहरुले राहत पाईसकेका छन् ।

ताजा समाचार