कुतियावकरमा सेभ द चिल्ड्रनको टोली !

दोधारा । दोधारा चाँदनीको कुतियकवर बस्तीमा सेभ द चिल्ड्रनको टोलीले बाढीबाट भएको क्षतीको अनुगमन गरेको छ् । आज बिहान सेभ द चिल्ड्रनका संजिव शाक्य, रत्न ओझा लगाएत नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरु, बिपद् फोकल पर्सन राज कुमार सुनारको एक टोलीले बाढीबाट भएका क्षतीको निरिक्षण गरेका छन् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका वडा नं. १० का १ हजार अस्सी घरपरिवार बेघर भएपछि सेभ द चिल्ड्रन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) को एक टोली कुतियाकवर बस्तीमा पुगेका हुन् । उनिहरुले स्थानियहरु संग भेट गरि तत्कालको समस्याको बारेमा समेत जानकारी लिएका थिए । उनिहरुले कुतियाकवर बस्तीमा बाढीको कारण क्षती भएको धान तथा तरकारी खेतीको समेत निरिक्षण गरेका छन् । सेभ द चिल्ड्रनका संजिव शाक्यले बाढीको कारण समस्यामा परेका स्थानियहरुलाई आफुले आफ्नो कार्यालयबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । पिडाको यस घडीमा सबैले सहयोग गर्नु पर्ने उनले बताएका छन् । यस्तै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए) का बिपद् फोकल पर्सन राज कुमार सुनारले संस्थाबाट पहल गर्ने समेत बताउदै उनिहरुको दुषित पानीको कारण रोग खतरा बढी रहेको बताउदै तत्कालै पानीलाई शुद्धिकरण गर्ने औषधी पठाउने बताएका छन् । उनिहरुले दोधारा चाँदनी नगरपालिका वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, निशानी टोल, प्रधान टोल समेत निरिक्षण गरेका थिए ।

ताजा समाचार