दोधाराका बाढी पिडित घरपरिवारलाई रेडक्रस सोसाईटी र फेडोको सहयोग

दोधारा । नेपाल रेडक्रस सोसाईटी र दलित महिला संघ (फेडो) ले दोधारा चाँदनीका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेका छन् । नेपाल रेडक्रस सोसाईटी र दलित महिला संघ (फेडो) ले उक कार्यक्रम संचालन गरि दोधारा चाँदनी नगरपालिका वडा नं. १० का बाढी पिडितहरुलाई खाद्य तथा गैरखाद्य बस्तु सहयोग गरेको हो । राहत सामग्री बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्ट, नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाका सभापतीजित बहादुर जिसी, दलित महिला संघ (फेडो) कञ्चनपुरका उपाध्यक्ष लक्ष्मी ताम्राकार लगाएत रेडक्रसकर्मी, बाढी पिडितहरुको बाक्लो उपस्थिती रहेको थियो ।

दोधारा चाँदनीका प्रधान टोल, अठार नम्वर पिल्लर बस्ती, निशानी टोल, प्रतिभा टोल लगाएत बस्तीका १ सय २५ घरधुरी बाढी पिडितहरुलाई राहत बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले जनाएका छन् । नेपाल रेडक्रस सोसाईटीले गैरखाद्य बस्तु र दलित महिला संघ (फेडो) ले ४२ बोरा चामल र दोधारा चाँदनी नगरपालिका कार्यालयले ८३ बोरा चामल बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले बताएका छन् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका एक हजार उन्नासी घरपरिवार बेघर भएका हुन् ।

ताजा समाचार

spot_img