बाढीले लखेटेको दोधाराको कुतियाकवर बस्ती

‘समृद्धि र बिकासको नाउमा अन्य काम गरिएतापनी दोधारा चाँदनी नगरपालिकाको अतिआवश्यक काम तटबन्ध तथा बाढी आएको बेला पुर्व तयारी गर्न सरकार चुकेकै हो । आर्थिक स्रोत बलियो भएकाहरुले आफ्नै बलबुताले बलिया घर ठड्याउन सक्छन् । तर निम्न आयस्रोत भएका पीडितहरुले दुख मात्रै पाउनु पर्ने पक्कै हो । यसपटकको बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १० को कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधानटोल गरि एक हजार अस्सी घरपरिवार बेघर भएका तथ्यांकमा उल्लेख छ् । बाढीपिडितहरुले राहतको साटो उचित तटबन्ध गर्न माँग गर्दै आएका छन् । देश संघियतामा गएको बेला दशकौं देखि बाढीको समस्या हल गरिदिन चित्कार लगाउदै आएका दोधारा चाँदनीका बाढी पिडितहरुको अझै पनि समयमै उनिहरुको चित्कार सम्बोधन नगरे बाढीको कारण कुतियाकवर लगाएत बाढी पिडित बस्तीमा ठुलो मानविय दुर्घटना हुने पक्का छ्’

दोधारा । झण्डै एक दशक अघि दोधारा चाँदनी नगरपालिका कुतियावकरको माया देबि सुनार बाढीको चपेटामा परे । त्यपछि वर्षेनी कुतियाकवरका दर्जनौं नागरिकको उठीबास लगाउदै आएको महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले यस पटक भने माया सुनार लगाएत कुतियाकवरका झण्डै ४२ घरपरिवारको बास पनि बढार्‍यो । माया सुनारको ऐलानी जग्गामा बनाएको सानो झुप्रो थियो । त्यो बेला केही बचेन, बच्यो केवल आफ्नो र घरपरिवारको ज्यान मात्रै । महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पसेपछि कुतियाकवर बस्तीलाई नांगेझार बनाएपछि माया सुनार भत्कीएको टहरालाई ठड्याउने प्रयास गर्दै दिनचार्य बिताउन थालेका छन् । राहतका नाममा राज्यको मार्फत संघ–संस्थाले दिएको त्रिपाल र केही खाने कुरा तथा भाडा बर्तनको सहारा उनि र उनका परिवारको दिन बित्न थालेको छ् । वर्षेनी आउने बाढी भन्दा यसपटक ठुलो बिनासकारी बाढी आयो । बाढीले ज्यान बाहेक केही बचेन् । ‘यस पटकको बाढीले भने निकै बिपत्ति आईलाग्यो’ माया सुनार भन्छिन् । वर्षेनी देखि विस्थापित जिवन विताईरहेका उनी फेरि विस्थापित बनेका छन् । उनी भन्छन्, ‘दुखिया माथी फेरि दैव खनिए ।’ यस पटकको बाढीले दोधारा चाँदनी नगरपालिका वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, निशानी टोल, कुतियाकवर, प्रधान टोल लगाएत टोलहरु लखौंको धनमाल क्षतबिक्षत बनाएको छ् । कुतियावकरको ४२ घरधुरी निकै क्षती भएको हो । उनिहरुको खेतको धान तथा तरकारी खेतीमा मरुभुमी भएको छ् । घरमा नदीको भंगालो पसेपछि घरमा भएको साराथोक पानीले बगाएर लग्यो । घरमा एक छाक खानाको लागी समेत छैन् । संघ–संस्थाले दिएको राहतको नाउमा केही खाद्य तथा गैरखाद्य सामग्रीले दैनिक चलाउन उनिहरु बाध्य भएका छन् । कुतियाकवरबासीहरुलाई बाढी आएको भोली पल्टबाट भारतिय नागरिकबाट खाना खुवाउने कार्य समेत गरिरहेको छ् । भारतिय शिखहरुको धार्मीकस्थलका अनुयायीहरुले दैनिक कुतियाकवरबासीलाई खाना खुवाउदै आएका छ् । नेपाल सरकारले पिडामा भएको अवस्थामा आफ्नो जनतालाई तत्कालै राहत नदिएको अवस्थामा भारतिय नागरिकले राहत दिएको सन्दर्भ निकै महत्वपुर्ण र स्वागत योग्य बिषय चाही हो । भारतिय शिखहरुको धार्मीकस्थलका अनुयायीहरुले देखाएको मानवता प्रति कुतियाकवरबासी उनिहरु प्रति खुसी भने नेपाल सरकार प्रति भने आक्रोस ब्यक्त गरेको अवस्था हो । ‘अब कहाँ जाने ? कुनै उपाय छैन् । अन्य स्थानमा जानको लागी केही छैन् । हामीहरुको त हरिबिजोग भयो । खाने अन्न पनि जोगिएन् । पेट पाल्नै सकस भईरहेको छ् । भारतिय नागरिकहरुले दया देखाएर खान दिए पेट भरिन्छ, नत्र भोकै हुन्छौं’ आफ्नो पिडा सुनाउदै पंक्तीकारलाई माया सुनारले भनिन् । स्थानीय मोतिराम सुनार बाढी आउने दिन राती मस्त निद्रामा थिए । एकाएक बस्तीमा कोलाहल मच्चियो, निद्रा खुल्यो । बाढी पस्यो भन्दै गाँउलेले मच्याएको कोलाहल सुनेर उनको सातोपुत्लो गयो । घरबाट झटपट निस्केर घरपरिवारलाई लिएर भाग्न थाले । तर उनले घरबाट सरसामान केही निकाल्नै पाएनन् । ‘घर भित्र पूरै पानी भरिइसकेको थियो,’ मोतीराम सुनारले भने–‘झटपट बाहिर आफ्नो जहान परिवारलाई निस्किाए तर सरसामान निकाल्ने होसै भएन् ।’ नदीले ल्याएको ठुलो–ठुला रुखहरु घरमा कोच्चीएका छन् । घर भित्र पानी पसेको छ, कतिपय समान बाढीले आफु संगै लग्यो, रहेका समान पूरै भिजेर काम नलाग्ने भएका छन् । ‘अहिले पानी सुक्यो, घरलाई बाहिरबाट हेर्न बाहेक केही गर्न सकिने अवस्था छैन्’ मोतिराम सुनारले भने । बिगतका दिनहरुमा बाढीको कारण बिस्तापित हुदै आएका कुतियाकवर बस्तीका स्थानियहरु यसपालि पनि भने बाढीले लखेटेको छ् । झण्डै एक दशक अघि महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले लागेको घाउ निको नहुदै फेरि त्यो भन्दा कडा घाउ यस पटक थपिएको छ्, कुतियाकवर तथा आसपासका बस्तीमा ।

वर्षेनी बाढीको पिडा खेप्दै आएका कुतियावकर आसपासका बस्तीलाई राज्यले उचित बन्दोबस्त गर्न सकेन् । समृद्धि र बिकासको नाउमा अन्य काम गरिएतापनी दोधारा चाँदनी नगरपालिकाको अतिआवश्यक काम तटबन्ध तथा बाढी आएको बेला पुर्व तयारी गर्न सरकार चुकेकै हो । आर्थिक स्रोत बलियो भएकाहरुले आफ्नै बलबुताले बलिया घर ठड्याउन सक्छन् । तर निम्न आयस्रोत भएका पीडितहरुले दुख मात्रै पाउनु पर्ने पक्कै हो । यसपटकको बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १० को कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधानटोल गरि एक हजार अस्सी घरपरिवार बेघर भएका तथ्यांकमा उल्लेख छ् । बाढीपिडितहरुले राहतको साटो उचित तटबन्ध गर्न माँग गर्दै आएका छन् । देश संघियतामा गएको बेला दशकौं देखि बाढीको समस्या हल गरिदिन चित्कार लगाउदै आएका दोधारा चाँदनीका बाढी पिडितहरुको अझै पनि समयमै बाढीपिडितको चित्कार सम्बोधन नगरे बाढीको कारण कुतियाकवर लगाएत बाढी पिडित बस्तीमा ठुलो मानविय दुर्घटना हुने पक्का छ् । राहत बितरण गरेर दोधारा चाँदनीका बाढी पिडितको समस्या हल हुने हैन् । महाकाली नदी र जगबुडा नदीको बहाव अहिले आएर बस्तीमा सोझिएको छ् । नदीमा थोरै पानीको बहाव हुने बित्तिकै नदीले बस्तीमा पस्ने बाटो बनाएको छ् । दोधारा चाँदनीको बाढी पिडितको समस्या साच्चीकै हल गर्ने हो भने, महाकाली नदीमा बलियो तटबन्ध बनाउनु अपरिहार्य छ् ।

ताजा समाचार