दोधारा । निड्स नेपाल कञ्चनपुरले दोधारा–चाँदनीका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेका छन् । आज बिहान दोधारा चाँदनीको नगरपालिकाको कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै निड्स नेपाल कञ्चनपुरले १ सय ८० घरपरिवारका लागि राहत स्वरुप गैरखाद्य बस्तु वितरण गरेका हुन् । मर्सिकोप नेपालको सहयोगमा निड्स नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका वडा नं. १० का १ सय ८० घरधुरीको लागी त्रिपाल, टेन्ट, भाडाकुडी, लत्ताकपडा, साबुन लगाएत गैरखाद्य सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका एक हजार उन्नासी घरपरिवार बेघर भएका हुन् । राहत बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले निड्स नेपाल कञ्चनपुरले कोरोना संक्रमण होस् वा बाढीको बेला जुनसुकै समयमा पनि दोधारा चाँदनी नगरपालिकालाई सघाउदै आएको बताएका छन् ।


पिडाको बेला नगरपालिका संग सहकार्य गरि जनताको समस्या हल गर्न सहयोग गर्ने सबै दाताहरुलाई नगरपालिका तर्फ देखि धन्यबाद दिदै बाढीको कारण बस्ती उजाड बनाएको हुदा आगामी दिनहरुमा समेत दाताहरुले सहयोग गर्नेमा आफुले अपेक्षा राखेको उनले बताएका छन् । यस्तै कार्यक्रममा आफ्नो बिचरा राख्दै दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख चिनी ओझा गिरीले बाढीले तहसनहस बनाएको बनाएको अवस्थामा निड्स नेपाल कञ्चनपुर र उद्योग बाणिज्य महासंघ कञ्चनपुरका उपाध्यक्ष तथा नेपाली काग्रेंसका युवा नेता पिताम्बर जोशीले गरेको सहयोग स्वागत योग्य रहेको हुदा पिडाको बेला राहत दिएर गरिब तथा निमुखा जनताको सहयोग गरेकोमा धन्यबाद दिएका छन् । निड्स नेपाल कञ्चनपुरले बितरण गरेको राहत संग नेपाली काग्रेंसका युवा नेता तथा उद्योग बाणिज्य महासंघ कञ्चनपुरका उपाध्यक्ष पिताम्बर जोशीले समेत बाढी पिडितहरुलाई राहत बितरण गरेका थिए ।








