राष्ट्रिय नगर स्तरीय उपमेयर कपमा रेखाको ह्याटि्रक संगै धनगढीको बिजय सुरुवात

खेलाडीको हौसला बढाउन खेलमैदनमा धनगढी उपमहानगरपालिका मेयर वड , प्रत्यक्ष निगरानी टिमले निकाले ५ - ० गोलको रोमाञ्चक जित


कञ्चनपुर,
राष्ट्रिय नगर स्तरीय उम–मेयर कप महिला फुटवल प्रतियोगितामा धनगढी उपमहानगरपालिकाले आफ्नो विजय सुरुवात गरेको छ। बुधबार भएको आफ्नो पहिलो खेलमा धनगढी उपमहानगरपालिकाले धनकुटा लाई ५–० गोलको फराकिलो होल अन्तरले हराउदै रोमाञ्चक जित निकाल्न सफल भएको छ।No description available.
अखिल नेपाल फुटबल संघ (एन्फा) को खेलमैदन ललितपुरमा कार्तिक ४ गते देखी संचालन भैरहेको उम–मेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगितामा बुधबार धनगढी उपमहानगरपालिका र धनकुटा नगरपालिका बिच भएको खेलमा खेलाडीको हौसला बढाउन धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वड आफै खेलमैदानमा पुगेका र उनको प्रत्यक्ष निगरानीमा टिमले रोमाञ्चक जित समेत निकालेको छ ।May be an image of 7 people, including Ganesh Chand, people sitting and text that says 'puty Mayor Cup National Women's League Quam Venue: ANFA Complex, Satdobato Date: 2078 Kartik 4-28'No description available. जसमा ५–० ले धनगढीले पहिलो जित निकाल्न सफल भएको हो। धनगढीका तर्फबाट रेखा पौडेलले ३ गोल संगै ह्याटि्रक गरिन , चन्द्रा भण्डारी र सिमा रावलले समान एक÷एक गोलको गरेकी थिन। जसमा रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ५ हजार गोल्डेन बुट हात पारेकी छन।No description available.
धनगढी उपमहानगरपालिकाले आफ्नो दोस्रो खेल कार्तिक १२ गते गोकर्णश्वर नगरपालिका काठमाण्डौ को समाना गर्ने मनकामना युवा क्लबका अध्यक्ष एवम् कैलाली जिल्ला फुटवल संघका कोषाध्यक्ष डबल थापाले बताउनु भयो। उनले भने महिला खेलाडीहरुको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्नु भएकोले आउदो अर्को खेल पनि जित्नेमा ढुक्क भएको थापाले बताए ।No description available.
कार्तिक ७ गते आईतबार धनगढी उपमहानगरपालिकाका उप-मेयर सुशिला मिश्र भट्टले धनगढी नगरको महिला टिमलाई बिदाई गरेकी थिईन् । राष्ट्रिय फुटवल प्रतियोगितका लागि धनगढी उपमहानगरपालिकाको महिला फुटबल टिममा रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल रहेका छन् ।No description available.
खेलकुद क्षेत्रलाई को बिकासका लागि अखिल नेपाल फुटबल संघले आयोजना गरेको नगर स्तरीय उप-मेयर राष्ट्रिय फुटबल प्रतियोगितामा देशभरका ३१ ओटा स्थानीय तहले सहभागिता जनाएको छ । सुदूरपश्चिम प्रदेश बाट ५ वटा स्थानीय तहको सहभागिता रहेको छ। जसमा कञ्चनपुर जिल्लामा ९ वटा स्थानीय तह मध्य एक मात्रै बेदकोट नगरपालिकाले सहभागी जनाएको छ।May be an image of one or more people, people standing and outdoorsMay be an image of 15 people, including Db Thapa, people sitting and people standingNo description available.May be an image of 2 people, people playing football and grassNo description available.No description available.No description available.No description available.

ताजा समाचार

spot_img