दोधारा चाँदनीका बाढी पिडितलाई दाताको सहयोग बढ्दो : ३ सय ५० घरधुरीलाई राहत बितरण

दोधारा । दोधारा चाँदनी नगरपालिकामा बाढीको कारण बेघर भएकाहरुलाई दाताहरुबाट सहयोग प्राप्त भईरहेको छ् । दाताबाट प्राप्त राहतलाई दोधारा चाँदनी नगरपालिका कार्यालय र दाताहरुले हिजोबाट बितरण गर्ने कार्य अघि बढाईएको छ् । गैरआवासिय नेपाली संघ (एनआरएन) र कैलाली कञ्चनपुर बाढी पिडित सहयोग अभियानको सहयोगमा हिजो १ सय ९२ घरपरिवारलाई राहत बितरण गरिएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयले बाढीमा राहत तथा अन्य सामग्री बितरण एकद्धार प्रणाली लागु गरिएको कारण दाताहरुले बाढी पिडितहरुको लागी सहयोग नगरपालिका कार्यालय मार्फत बितरण कार्य गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न बस्तीमा आएको बिनासकारी बाढीको कारण घरवार बिहिन भएका परिवारलाई राहत बितरण गर्न थालेपछि स्थानियहरु खुशी भएका छन् । निड्स नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनसडब्लुए), नेपाल रेडक्रस सोसाईटी, कैलाली कञ्चनपुर बाढी पिडित सहयोग अभियान, गैरआवासिय नेपाली संघ (एनआरएन), नेपाल प्रहरी, नेपाली काग्रेंस युवा नेता दिपक बहादुर सिंह, उद्योग बाणिज्य महासंघ कञ्चनपुरका उपाध्यक्ष पिताम्बर जोशी लगाएत ब्यक्ती तथा संस्थाहरुले दोधारा चाँदनी नगरपालिकालाई बाढी पिडितहरुका लागी बिभिन्न प्रकारका राहत सामग्री पठाएका छन् । आज नेपाल राष्ट्रि समाज कल्याण संघ (एनएनसडब्लुए) र नेपाली काग्रेंस युवा नेता दिपक बहादुर सिंहबाट प्राप्त राहतलाई बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले जनाएका छन् । बाढी पिडितहरुलाई त्रिपाल, लत्तकपडा, खाना पकाउने भाडा, खाद्यान्न लगाएत आवश्यक सामग्री बितरण गरिएको उनले बताए ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १० को शान्ती टोल, बेतिफाँटा, निशानी टोल, कुतियावकर, प्रधान टोलका १ सय ५८ घरधुरीलाई राहत बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् सम्पर्क ब्यक्ती रघुनाथ भट्टले बताएका छन् । राहत बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, नेपाल राष्ट्रि समाज कल्याण संघ (एनएनसडब्लुए) का टेक बहादुर बुढा लगाएत बाढी पिडितहरुको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले दोधारा चाँदनीमा बाढीको कारण बेघर भएका बेला दाताहरुले गर्दै आएको सहयोग अतुलनिय रहेको भन्दै पिडाको बेला सहयोगी मनहरुले नगरपालिका मार्फत बाढी पिडितहरुलाई सहयोग गरेकोमा सबै दाताहरुलाई धन्यबाद दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाले दाताबाट सहयोगबाट अझै सम्म ३ सय ५० घरधुरीलाई राहत बितरण गरेको छ् । राहत बितरण कार्य सकिएको भने छैन् । बाढीको कारण दोधारा चाँदनी नगरपालिकामा एक हजार उन्नासी घरपरिवार बेघर भएको दोधारा चाँदनी नगरपालिका कार्यालयको तथ्यांकमा छ् । स्थानियहरुले ‘हामीलाई राहत नदिनुहोस बरु तटबन्ध बनाईदिनुस ।’ भन्दै आएका छन् । महाकाली नदीमा झण्डै तीन दशक अघि जाईका कम्पनीले २१ किलोमिटर तटबन्ध निर्माण गरेको हो । नदीको सतह माथी उठ्दा तटबन्ध होचो भएको कारण बस्तीमा नदीको पानी पस्ने गरेको हो । स्थानियले तटबन्ध ६ फिट अग्लो बढाउनु पर्ने माँग राख्दै आएका छन् ।

ताजा समाचार