दोधारा । एकसाता अघि आएको बिनासकारी बाढीको कारण घरवार बिहिन भएका परिवारलाई दोधारा चाँदनी नगरपालिकाले राहत बितरण गरेको छ् । गैरआवासिय नेपाली संघ (एनआरएन) र कैलाली कञ्चनपुर बाढी पिडित सहयोग अभियानको सहयोगमा आज दोधारा चाँदनी नगरपालिकाले १ सय ९२ घरपरिवारलाई राहत बितरण गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । गैरआवासिय नेपाली संघ (एनआरएन) ले पठाएको दोधारा चाँदनी नगरपालिका वडा नं. १० शान्ती टोल, बैतिफाँटा, प्रधानटोल, सुर्खेती टोल लगाएत टोलका १ सय ५० घरधुरीलाई खाद्य तथा अखाद्य सामग्री बितरण गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयका रघुनाथ भट्टले जनाएका छन् । यस्तै कैलाली कञ्चनपुर बाढी पिडित सहयोग अभियानबाट प्राप्त खाद्यान्न सामग्री दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवरमा ४२ घरधुरीलाई बितरण गरिएको छ् ।
दोधारा चाँदनी नगरपालिका कार्यालयको नवनिर्मित भवनमा राहत बितरण भएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, गैरआवासिय नेपाली संघ (एनआरएन) का प्रतिनिधी, कैलाली कञ्चनपुर बाढी पिडित सहयोग अभियानका प्रतिनिधी, वडा अध्यक्ष, सुरक्षाकर्मी, बाढीपिडितहरुको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिका कार्यालय, बिभिन्न संघ संस्था तथा ब्यक्तीले राहत बितरण गरि पिडामा भएको बेला सहयोगी बनेको भन्दै स्थानिय बाढीपिडितहरुले खुशी ब्यक्त गरेका छन् । एक साता अघि महाकाली नदी र जगबुडा नदीमा बाढी आएर नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका वडा नं. १० लगाएत बस्तीका स्थानियहरुलाई बेघर बनाएको हो । बाढीको कारण दोधारा चाँदनी नगरपालिकाका झण्डै ११ सय ८० घरधुरी बस्तिापित भएको बताईएको छ् ।