उन्नतशिल सहकारीद्धारा दोधाराका बाढी पिडितलाई राहत

दोधारा । उन्नशिल साना किसना कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीले बाढीको कारण धनजनको क्षती भएका आफ्ना शेयर सदस्यहरुलाई राहत बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७, ८ र १० मा बसोबास गर्ने उन्नशिल साना किसना कृषी सहकारी संस्था लिमिटेडले आफ्नो शेयर सदस्यहरुलाई आज राहत बितरण गरिएको उन्नशिल साना किसना कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीका अध्यक्ष पुर्ण बहादुर बुढाले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७, ९ र १० मा बासोबास गर्ने आफ्ना ७० जना शेयर सदस्यहरुलाई प्रति घरधुरी १० केजी चामल, १ केजी दाल, १ लिटर खाने तेल, १ प्याकेट नुन तथा तरकारीका बिउ बितरण गरिएको उन्नशिल साना किसना कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष पुर्ण बहादुर बुढाले बताएका छन् । बाढीले क्षती भएको घरधुरी छनौट गरि आफ्नो शेयर सदस्यहरुलाई उनिहरुको दैनिकी सहज होस भन्ने उद्धेश्यले उक्त राहत बितरण गरिएको उन्नशिल साना किसना कृषी सहकारी संस्था लिमिटेडका सल्लाहकार संयोजक श्रीनाथ बरालले बताएका छन् । एकसाता महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका वडा नं. १० मा अधिकांश घरहरु क्षतबिक्षत भई धान खेती बगाउनुको साथै घरमा भएको अन्नपात, लत्ताकपडा बगाएर बेघर बनाएको छ् । बाढीले तत्कालिन दोधारा गाबिसमा क्षेत्रमा गरेको बिध्वंशकारी आतंक निकै दुखदायी भएको बताउदै उन्नशिल साना किसना कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीले आगामी दिनहरुमा आफ्ना शेयर सदस्हरुलाई सहयोगको ब्यवस्था गरिने जनाएको छ् । राहत बितरण कार्यक्रममा संस्थाका अध्यक्ष पुर्ण बहादुर बुढा, सल्लाहकार संयोजक श्रीनाथ बराल, संचालक चिन्तामणी जोशी लगाएत शेयर सदस्यहरु रहेका छन् । पिडाको बेलामा संस्थाले सहयोग गरेको भन्दै शेयर सदस्यहरुले संस्थाको प्रशंसा गरेका थिए । २०६८ सालमा स्थापना भएको उन्नशिल साना किसना कृषी सहकारी संस्था लिमिटेडका ९ सय बढी शेयर सदस्य रहेका छन् ।

ताजा समाचार