पुनर्वास: नेकपा एमाले निकट भातृ सँगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन पुनर्वास नगर कमिटिले पुनर्वासका बाढी पिडितलाई खाद्य सामाग्रि बाँडेकाे छ । साेमवार एक कार्यक्रमका बिच पुनर्वासकाे वार्ड नं. ५ उदरी गाउँका बाढी पिडित परिवारलाई खाद्यान्न सामाग्री बाँडेकाे हाे ।

बाढी पिडित परिवारका लागि चामल २८ बाेरा, चाउचाउ १० पेटि, भुजा ७ बाेरा, चिउरा १ बाेरा र नुन एक बाेरा खाद्यान्न सामाग्री एकमुष्ठ रुपमा उदरीका भलमन्सा रमेश रानालाई हस्तान्तरण गरिएकाे अनेरास्ववियु पुनर्वासका ईन्चार्ज नन्दराज जाेशीले जानकारी गराए । अबिरल बर्षाका कारण घरमा भित्र्याउन ठिक्क पारेकाे धान बालि बाढीले बगाएपछि किसानहरु भाेकमरी हुने चिन्तामा बसिरहेका छन । बाढी प्रभावित किसानलाई सबैले सक्दाे सहयाेग गर्न समेत ईन्चार्ज जाेशीले दातृ सँघ सँस्थालाई अनुराेध गरेका छन ।

राहत बितरण कार्यक्रममा अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष मेति बि .क., केन्द्रिय उपमाहासचिब गाेबिन्द गिरि, केन्द्रीय सचिब मर्यादा बिष्ट, केन्द्रिय सदस्य हेमन्त रेग्मी, राष्ट्रिय परिसर सदस्य भुपेन्द्र अधिकारी, सुदुरपश्मिम प्रदेश सचिव राजेन्द्र सिँह रावल लगायत काे उपस्थिति उपस्थिति रहेकाे थियाे

