बाढीपिडितहरुको उचित क्षतीपुर्तीका माँग सहित राप्रपाले नगरपालिकालाई बुझायो ज्ञापन पत्र

दोधारा । एकसाता अघि आएको बिनासकारी बाढीको कारण घरवार बिहिन भएका परिवारलाई उचित क्षतीपुर्ती सहित दोधारा चाँदनी नगरपालिका कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी ज्ञापन पत्र बुझाएको छ् । महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर मच्चाएको आतंकले दोधारा चाँदनी नगरपालिका वडा नं.–१० का स्थानिय किसानहरु बेघर भएर खाना र बस्नको समस्याले जुझ्दै आएको अवस्थामा उनिहरुको उचित क्षतीपुर्ती सहित पिडामा रहेको अवस्थामा गाँस, बाँस र कपासको ब्यवस्था गरिदिन भन्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगर कार्य समितिले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरीको समक्ष ज्ञापन पत्र बुझाएको राष्ट्रिय प्रजातन्त्र पार्टी ट्रड युनियनका केन्द्रिय सदस्य तमान सिंह गुरुङ्गले बताएका छन् ।

‘२०७८ आश्विन ३१ ग्ते देखि परेको अबिरल वर्षले आएको बिनासकारी बाढी, पहिरो र भुक्षयका कारण देशभर भएको जनधनको क्षती र कञ्चनपुर जिल्लाको अधिकांश भेग र खासगरी दोधारा चाँदनी नगरपालिकाका जनताको धानवाली खेतमै नष्ट हुने र धेरै किसानहरुले घर भित्र्याएको धान र गहुँको बिउ समेत पानी पसेर काम नलाग्ने अवस्थामा पुगेको दुखद घट्ना प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगर कार्यसमिति कञ्चनपुर अत्यन्तै दुख प्रकट गर्दछ् । यस्तो प्राकृतिक बिपत्तीको सामना गर्न अधिकांश किसानहर असमर्थ रहेको र कतिपयको दुईछाक टार्न समेत असाध्यै मुस्कील भईरहेको दर्दनाक अवस्था प्रति नगरप्रमुखज्युको ध्यानआकर्षण गराउदै पिडित किसानहरुलाई नष्ट भएको धानबालीको मुआब्जा, घरखेत बगाएका किसानहरुलाई उचित क्षतीपुर्ती र गहुँको बिउ तथा मलखाद निशुल्क अनुदान गराईदिनहुन जोडदार माँग सहित पिडित किसानहरुका हितमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगरकार्य समितिको तर्फबाट यो ज्ञापन पत्र पशे गरिएको छ्’ राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगर अध्यक्ष बिर बहादुर शाहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ् ।

ताजा समाचार