बाढीले दोधाराको ओमंकार बिद्यालयमा क्षती : हिल्याम्मे कक्षा कोठा

दोधारा । दोधारा चाँदनी नगरपालिका–१० मा स्थित रहेको ओंमकार आधारभुत बिद्यालयमा बाढी पसेपछि बिद्यालयमा क्षती भएको छ् । एकसाता महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि ओंमकार आधारभुत बिद्यालयमा रहेको आवश्यक सामग्री समेत पानीमा डुबेर नष्ट भएको छ् । बिद्यालयमा कक्षा कोठा हिल्यम्मे हुनुको साथै कार्यालयमा रहेको कम्प्युटर, कक्षा १ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तक, कार्यालयको शैक्षिक सामग्री, कार्पेट, भाडावर्तन, दराज, बालबिकास कक्षाका सम्पुर्ण शैक्षिक सामग्री गरि बिद्यालयका आतिआवश्यक बाढीले नष्ट गरेको बिद्यालयका प्रधानध्यापक टंकलाल जोशीले बताएका छन् । नदीको भंगालो बिद्यालयमा पसेपछि कक्षा कोठा समेत हिल्याम्मे भएर पठन पाठन कार्य समेत अबरुद्ध भएको प्रधाध्यापक जोशीको भनाई रहेको छ् ।

बाढीको कारण शौचालयमा पानी भरिएको छ भने, खानेपानीको ह्याण्ड पाईपमा बाढीको पानी पसेर सबै पानी दूषित भईसकेकाले पानी पिउने लायक नभएको बिद्यालय प्रशासनले जनाएको छ् । कक्षा कोठामा बाढीको लेदो माटोले कोठा भरिएको. कारण कोठनै दुर्गन्धीत बनेको छ् । बिद्यालयको सेवा क्षेत्र बैतिफाँटा, शान्ती टोल, प्रधान टोल, सुर्खेती टोलमा बाढीले लाखौंको धनमाल तहस नहस गरेपछि बिद्यार्थीहरु बिद्यालयको सम्पर्क भन्दा बाहिर रहेका छन् । अधिकांश बिद्यालयहरु बढीले घरवारबिहिन भएपछि छिमकी तथा बिद्यालयको आश्रयमा बस्दै आएको स्थानियबासीहरुले बताएका छन् ।

ताजा समाचार