कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवाका युवक दिपेन्द्र सिह जोशीको मृत्यु प्रकरणमा मृतक पक्षले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । ३० बर्षिया दिपेन्द्र जोशीलाई दशैँको दिन पुष्कर बम, तपेन्द्र प्वाली, दिनेश जोशी समुहले बोलाएर कुटपिट गरि हत्या गरेको मृतक पक्षको भनाई छ । मृतकका दाजु लोकेश प्रशाद जोशीलाई भाई (दिपेन्द्र प्रशाद जोशी)लाई बोलाएर कुटपिट गरि घाईते बनाएको बताए ।

घाईते जोशीको धनगढीको मायामेट्रो सहितका अस्पतालमा उपचार हुन नसकेपछि भारतको रोयलल्याण्ड अस्पतालमा मृत्यु भएको थियो । ‘दशैँका दिन कुटपिट ग¥यो, ‘उनले भने, ‘हिजो भारतीय अस्पतालमा उपचारका क्रममा मृत्यु भयो, दोषि माथि कार्बाही गरिदिनुप¥यो ।’ उनले घटनाको शुरुवाती चरणदेखि सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग राखे ।

प्रहरीले जोशीको मृत्युसंगै पुष्कर बम, तपेन्द्र प्वाली सहितका युवकहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले मृतक पक्षबाट आएको कर्तव्य ज्यान अन्र्तरगतको जाहेरी दर्ता गरेर घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।







