महाकालीका बाढीपीडितलाई बाईसियलको राहत : खाद्यान्न वितरण


कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट लिक(वाईसियल) नेपालले कञ्चनपुरका वाढिपीडितलाई राहत वितरण गरेका छन । वाईसियल भीमदत्त नगर कमिटिले आइतबार महाकाली नदीबाट प्रभावित भएका वाढिपीडितलाई राहत दिएको हो । सरकारले वाढिपीडितलाई राहत नदिएपछि वाईसियल नेपालले पीडितलाई राहत दिएको वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले बताए ।

No description available.

उनका अनुसार वाईसियलले भीमदत्त नगरपालिका ११, १२ र १३ क्षेत्रका वाढीपिडितलाई राहत दिएको छ । दाल, चामल, नुन तेल, तरकारी लगायतका अति आवश्यकीय खाद्यान्न वितरण गरेको उनले बताए । ‘वाढिबाट समेत सबैभन्दा बढि क्षति भएका अति विपन्न ६०परिवारलाई मात्रै राहत दिएका छौँ, ‘उनले भने, ‘हामी एनजिओको जस्तो दिदैनौँ, विपद्का बेला सक्दो सहयोग गर्ने हो ।’

No description available.

वाईसियलले राहत दिएसंगै वाढिपीडित हर्षित भएका छन । भीनपा ११ भुजेलाकी वाढिपीडित डम्बरा सुनारले नेताहरु आए सेल्फि खिचेर गए, तर वाईसियल आए राहत दिएर गएको बताईन ।

No description available.


ताजा समाचार

spot_img