कञ्चनपुर : मनसुन सकिए लगत्तै सुदूरपश्चिममा तीन दिन लगातार अनपेक्षित रुपमा परेको बर्षाले वाढि, पहिरो, धनजन, भौतिक संरचनामा क्षति पु¥यायो । वाढि प्रभावित क्षेत्रको काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले आफु निकट केन्द्रीय सदस्यद्वय एनपी साउद रमेश लेखक सहितका नेताहरु साथ लिएर ४ र ५ कार्तिकमा कञ्चनपुर सहित सुदूरमा आएको भोलीपल्टै संस्थापन पक्षका नेताहरुले सुदूरपश्चिम टेकेका छन । देउवा सुदूरपश्चिमबाट काठमाण्डौँ गए लगत्तै काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सुदूरपश्चिम आएका छन । यसलाई राजनीतिक बृद्धमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
पार्टीभित्रको आन्तरिक किचलो, महाधिवेशन विवाद आदि ईत्यादीको विषय संघारमा चलिरहेका बेला पार्टी सभापतिको भ्रमण सकिए लगत्तै बरिष्ठ नेता आएको प्रकरणलाई काँग्रेसकै नेताहरुले गुटगत भ्रमण भन्न थालिरहेका छन । शनिबार सुुदूरपश्चिम आएका काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बेलौरी, पूनर्वास सहित महाकाली नदीको कटानी क्षेत्रको अवलोकन गरेका छन । संयोगबस संस्थापन पक्षकै नेता एव केन्द्रीय सदस्य कानुनमन्त्री दिलेन्द्र प्रशाद बडू र बरिष्ठ नेता रामचन्द्र पौडेलले बेलौरी उद्योग वाणिज्य संघमा नेत कार्यकर्ताहरुलाई सम्बोधन गरेका छन ।
देउवाका कार्यक्रममा संस्थापन पक्षका नेता कार्यकर्ताहरुको कम उपस्थिति भयो, बरिष्ठ नेता पौडेलको कार्यक्तममा देउवा पक्षका नेता कार्यकर्ताहरुको कम उपस्थितिले समेत काँग्रेस भित्र विवादको पहाड रहेको नेताहरुको भनाई छ । महाकाली कटानी क्षेत्र पुगेका बरिष्ठ नेता पौडेलले वाढिपीडितलाई राहत दिनुपर्ने माग अघि सारेका छन । कटानी प्रभावित क्षेत्रको दिर्घकालिन समस्या समाधान गर्दे प्याकेज कार्यक्रम बनाउनुपर्नेमा जोडदिए ।






