कञ्चनपुरमा २७ औं राष्ट्रिय कण्डम दिवस मनाइयो


कञ्चनपुर :  कञ्चनपुरको महेन्द्रनगर २७ औं राष्ट्रिय कण्डम दिवस भव्यताका साथ मनाएको छ ।No description available.

कोजाग्रत पूर्णिमादेखि पहिलो सनिवारको दिनमा मनाइने कण्डम दिवस एचआईभीको क्षेत्रमा काम गर्ने संघसंस्थाले आज (शनिबार) मनाएको छ्न्। भीमदत्तनगरपालिका –४ स्थित वसपार्कको अगाडीको गेटमा निःशुल्क कण्डम तथा लुब्रिकेन्ट वितरण गर्नुको साथै एचआईभी संक्रमणको जोखिम बारेमा समेत जानकारी दिएको छ ।No description available. उक्त कार्यक्रममा कण्डम प्रतियोगिता पनि राखिएको थियो । पाँच मिनेट भित्र फुकेर सबै भन्दा ठुलो बनाउने प्रतियोगिमा नगद रु. २०० पुरुस्कार राखिएकोमा थियो । जुन रकम रमेश धामीले प्राप्त गर्न सफल भएका छन् । जसको उद्देश्य कण्डमको गुणस्तरीय कतिको छ भन्ने रहेको थियो।No description available.

कार्यक्रमा महाकाली प्रादेशिक अस्पताल ए.आ.टि इन्चार्ज नन्दराम भट्ट , काउन्सिलर बिमला भट्ट , सहयात्रा नेपालका कार्यक्रम संयोजक चाल्स बोन सिजापती, एनएनएसड्ब्लुए बाट नवराज पाण्डेय, ममता सुनार,नमिता जैरु, नव आशा लगायत एचआइभी क्षेत्रमा काम गर्ने संघसंस्था लगायतको सहभागीता रहेको थियो ।


ताजा समाचार

spot_img