दोधारा । झण्डै तिन सय घर प्रभावित विस्थापित हुने गरी दोधारा चाँदनी नगरपालिकामा आएको भीषण बाढीपछि बिरामीको संख्या बढ्न थालेको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. १० को कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोल लगाएत टोलमा महाकाली र जगबुडा नदीमा आएको बाढीको कारण नदीको भंगालो बस्तीमा पसेपछि उक्त बस्तीहरुमा बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताएका छन् । दोधारा चाँदनीको बाढीबाट प्रभावित बस्ती कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलहरुमा अहिले बिरामीको संख्या ह्वात्तै बढेको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/dodhara-chandani.jpg)
ति स्थानमा खानेपानीको ह्याण्ड पाईप र नदीमा बाढीको पानी पसेर सबै पानी दूषित भइसकेको अवस्थामा तीनै मुहानका पानी खान बाध्य तथा चारैतिर बाढीले डुबान गरेको अवस्थामा दिसापिसाब व्यवस्थापन गर्न नसक्दा बाढी प्रभावितको गाँउ बस्तीमा विभिन्न रोगको संक्रमण देखिएको तथा बिरामीको संख्या बढ्दै गएको स्थानीयवासी बताउछन् । बाढीको पानी कम भए संगै बाढी प्रभावित गाँउ बस्तीमा झाडापखाला, ज्वरो, टाइफाइड, रुघाखोकी लगाएतका बिरामी बढ्न थालेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पुर्व डाक्टर गगन चौधरीले बताएका छन् । स्वास्थ्यकर्मी तथा औषधी पुग्न नसकेको र बिरामीले उपचार र औषधी नपाएको पीडितले गुनासो गरेका छन् । हिजो देखि प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पुर्व डाक्टर गगन चौधरी र युवा साथीहरुको पहलमा बाढी ग्रस्त क्षेत्रमा स्वास्थ्य शिविर संचालन गरेका छन् । सामाजसेवी भिम कुमालका अनुसार आज डाक्टर गगन चौधरी र केही युवाहरुको पहलमा बाढी ग्रस्त क्षेत्रमा बृहतरुपमा स्वास्थ्य सेवा दिने बताएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Krishnapur.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)