दोधारा चाँदनीमा बाढीको क्षतिको लगत संकलन सुरु


दोधारा । दोधारा चाँदनी नगरपालिकाले बाढीका कारण भएको क्षतिको लगत संकलन कार्य सुरु गरेको छ । आईतवार आएको बिनासकारी बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १० का दर्जनौं घर क्षतबिक्षत गर्नुको साथै लाखौंको धनमाल नष्ट गरेपछि बाढी पिडितहरुको राहत तथा क्षतीपुर्तीको लागी दोधारा चाँदनी नगरपालिकाले हिजो देखि लगत संकलन कार्य अघि बढाएको छ् । कुतियावकर, बैतिफाँटा, प्रधान टोल, शान्ती टोल, सुर्खेती टोल लगाएत टोलहरुमा दोधारा चाँदनी नगरपालिकाले बाढीको क्षतीको लगत संकलन सुरु गरेको हो ।


ताजा समाचार

spot_img