जनताको डाक्टर : डाक्टर चौधरी दोधारा चाँदनीको बाढी पिडितहरुका सेवामा !

दोधारा । डाक्टर गगन चौधरीको पहलमा बाढीबाट प्रभावित भएका दोधारा चाँदनीका बाढी पिडित जनताका लागि नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेका छन् । आरोग्य मेडिकेयर दोधारा चाँदनी, युवा मिथुन थापा, सामाजसेवी भिम कुमालको सहयोग र सहकार्यमा आज दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा बाढीबाट प्रभावित भएका बिरामीहरुलाई निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको युवा मिथुन थापाले जनाएका छन् । आईतवार आएको महाकाली र जगबुडा नदीमा आएको बाढीको कारण दोधारा चाँदनी–१० का अधिकांश बस्तीका घरहरुमा पानी पसेर क्षतबिक्षत बनाएको थियो । उनिहरुमा बिभिन्न खाले रोगले बिरामी हुन थालेपछि आरोग्य मेडिकेयर दोधारा चाँदनी, युवा मिथुन थापा, सामाजसेवी भिम कुमालको सहयोग र प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका पुर्व डाक्टर गगन चौधरीको प्राबिधिक सहयोगमा झण्डै १ सय ३४ जना बिरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा दिईएको बताईएको छ् । बाढी पिडित तथा डुबान क्षेत्रका जनतालाई निशुल्क औंषधी तथा चेक जाँच गरिएको डाक्टर गगन चौधरीले बताएका छन् । यसरी ब्यक्तीगतरुपमा संचालन गरेको स्वास्थ्य शिविरलाई स्थानिय बाढी पिडितहरुले प्रशंसा गरेका छन् । डाक्टर चौधरीका अनुसार भोली पनि बाढी पिडित क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्ने तयारी भईरहेको बताएका छन् ।

ताजा समाचार