काँग्रेस नेता विष्टको पहलमा बेलौरीका वाढि प्रभावित क्षेत्रका जनताका लागि निःशुल्क स्वास्थ्य शिबिर


कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता हरेन्द्र विष्ट(होरियार)को पहलमा वाढिबाट प्रभावित भएका बेलौरी बाढिपीडित जनताका लागि निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ । शुक्रबार इशानमेमोरियल अस्पतालले युवा नेता विष्टको पहलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो ।

काँग्रेस नेता हरेन्द्र विष्टले बाढीपीडितको न्यायका लागि भन्दै अस्पतालले शिबिर संचालन गरेको बताए । उनका अनुसार बेलौरी नगरपालिका १० शिद्धेश्वर माविको प्राङगणमा शिबिर संचालन गरिएको थियो । शिबिरमा बाढीपिडित तथा डुबान क्षेत्रका जनतालाई निस्शुल्क औंषधी तथा चेकजाँच गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एव सविधान सभा सदस्य दिवान सिह विष्ट प्रमुख अथिति रहेको कार्यक्रममा काँग्रेस नेता होसियार सहित क्षेत्र १ का क्षेत्रीय सभापति गोपि प्रशाद उपाध्याय ,सहिद भीमदत्त पन्तका नाति एवम् काँग्रेस जिल्ला सदस्य प्रकाशराज पन्त र थारु जनजाति नेता रामलाल राना लगायतको उपस्थिति रहेको थियो ।


ताजा समाचार

spot_img