कञ्चनपुर : महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुल पहुँचमार्ग कालोपत्रे सडक भत्किएको प्रकरणमा राजनीतिक दल र युवा, विद्यार्थी संघ संगठनले छानबिनको माग अघि सारेका छन । चार लेन पुल पहुँचमार्ग पक्की सडक भत्किएपछि नेकपा एमाले सहित माओवादी समाजवादीका युवा विद्यार्थीले कालोपत्रे सडक भत्किएको विषयमा छानबिन गर्न माग अघि सारेका हुन ।

उनीहरुले ठेकेदारको लार्पबाही गुणस्तरको कमि जस्ता विषय उठान गरेका छन । नेकपा एमाले भीमदत्त नगरका सचिव भगत सिह विके र अध्यक्ष रमेश तिरुवाद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा पहुँचमार्ग सडक निर्माणमा गुणस्तहिन समाग्री राखेकाले भत्किएको जनाएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष कैलाशचन्द्र गिरी, वाईसियल सचिव तिलक जप्रेल, समाजवादी निकट अनेरास्ववियूका संयोजक रमेश पन्त र युवा संघ नेपालका सह संयोजक मुकेश सिहद्वारा संयुक्त प्रेस विज्ञप्तीमा सडक भत्किएको विजषयमा छानबिन समिति बनाएर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

तटिय क्षेत्रका स्थानीयले ठेकेदारले सडक बनाउँदा तटबन्ध बिनै बनाएको र वालुवा राखेर बनाएकाले भत्किएको बताएका छन ।







