सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट मार्केटिङ म्यानेजर र अभिकर्तालाई सम्मान


कञ्चनपुर : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय धनगढीद्धारा आयोजित महेन्द्रनगरमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । महेन्द्रनगर स्थित कलश होटेलको सभा हलमा बिहिवार उत्कृष्ट मार्केटिङ म्यानेजर (एमएम) लगायत अभिकर्ता लाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका जनरल म्यानेजर कमल राज गौतम को प्रमुख अतिथिमा उपशाखा महेन्द्रनगरका सामुहिक रुपमा उत्कृष्ट मार्केटिङ म्यानेजर (एमएम) बसन्ती चन्द, बलराम चटौत लगायत महेश्वरी पाल चन्द, नवराज बुढा र झलारी उपशाखाको तर्फबाट चन्द्रीका मल्ल रावल, नन्दकली राना, विपन्ना कुमारि राना लाई सम्मान गरिएको थियो।

अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि कमल राज गौतम, धनगढी शाखाका प्रबन्धक लक्ष्मी कान्त जोशी ,महेन्द्रनगर उपशाखा प्रमुख पुष्कर राज भट्ट ,झलारी उपशाखा प्रमुख लाल बहादुर बडायक लगायत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।


ताजा समाचार

spot_img