कञ्चनपुर : बरिष्ठ पत्रकार राम बहादुर चन्दको श्रद्धान्जली सभा गरिएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरले बिहीबार बरिष्ठ पत्रकार चन्दको श्रद्धान्जली सभा गरेको हो । स्व. पत्रकार चन्दको फोटोमा माल्यापर्ण गरेर श्रद्धान्जली अर्पण गरिएको छ । कार्यक्रममा कञ्चनपुरका अग्रज पत्रकार चित्राङ्ग थापा, हरि प्रशाद जोशी, बल बहादुर डगौरा, निमा काफ्ले, अधिवक्ता यज्ञराज जोशीले पत्रकार चन्दका मार्ग निर्देशन पालना गर्न आग्रह गरेका छन ।


निष्ठावान पत्रकार चन्दले अघि सारेका सिद्धान्त अनुरुप अघि बढ्न समेत आग्रह गरेका हुन । प्रेरणा स्रोत पत्रकार चन्दको स्मृतिका लागि पुरस्कार स्थापना गर्न समेत सुझाव दिएका छन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रशाद जोशी प्रमुख अतिथि रहेका थिए ।


पत्रकार महासंघका सचिव राजेन्द्र प्रशाद अवस्थीले संचालन गरेको कार्यक्रममा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारको उपस्थिति रहेको थियो । पत्रकार चन्द नेपाल पत्रकार महासंघ कञ्चनपुरका संस्थापक अध्यक्ष सुमेत हुन ।







