कञ्चनपुरका टिकटक स्टार अशुवर्माद्वारा बाढिपिडितलाई खाद्यान्न सहयोग (भिडियो सहित)


कञ्चनपुर: कञ्चनपुरका टिक टक स्टार भनेर चिनिने अशु वर्माले भीनपा–११, १२ मा रहेका बाढिपिडितलाई खाद्यान्न सहयोग गरेका छन् । असार ३१ गते बाट तिन दिन परेको अविरल वर्षाका कारण स्कुल, वडा कार्यालयमा बास बस्न पुगेका वाढिपिडितलाई वर्माले आफ्नो व्याक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेको हुन् । प्रत्येकलाई एक कट्टा चामल, दाल २ के.जी. र चाउ चाउ १० प्योकट दिएका थिए ।

No description available.

‘केन्द्रीय, प्रदेश, र स्थानिय तहका सरकारले गर्नु पर्ने काम एक व्यक्तिले गरेको भन्दै स्थानिय वासिन्दा उनको अझै प्रगतिको कामना गरेका थिए ।’ ‘वर्माले यस्तो कठिन परिस्थीतिमा आफुहरुलाई सहयोग गरेकोमा यो गुन कहिले आफुहरुले नविस्ने र उनको अझै प्रगति हुदै जाओस् समाजसेवा प्रति पनि सदैव लगाव रहोस् पुजा टमाटाले भनिन्न।’

No description available.

‘आफुले यसरी सानो सहयोग गर्न पाउदा साहै्र खुशी लागेको साथै आगामी दिनमा पनि आफ्नो तर्फ बाट हुने सहयोग गर्न पछाडि नपर्ने बर्माले बताए । खाद्यान्न वितरण कार्यमा वडा नं. ११ कि वडा सदस्य गीता ओली, बाशुदेव भट्ट(होहो), गायत्री भट्ट लगायत स्थानीय युवाहरुको सहयोग रहेको थियो ।


ताजा समाचार

spot_img