कञ्चनपुर: तीनदिन लगातारको बर्षातका कारण भएको क्षतिको अनुगमनका लागि प्रधानमन्त्री शेर बहादुर देउवा सुदूरपश्चिम आउँन लागेका छन । नेपाली सेनाको हेलिकेप्टर मार्फत प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन । सुर्खेत डोटी, डडेल्धुरा, बैतडी बझाङ्ग हुँदै कञ्चनपुर आउने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेस कञ्चनपुरका पाटी सभापति हरि प्रशाद बोहराले वाढि प्रभावित क्षेत्रको अनुगमनका लागि प्रधानमन्त्रीको टोली कञ्चनपुर सहित सुप प्रदेशका पहाडी जिल्लामा आउने बताए । प्रधानमन्त्री देउवाले दोधाराचाँदनी र भीमदत्त नगरपालिका क्षेत्रका वाढि प्रभावित क्षेत्रको अनुगमन गर्ने छन ।

काँग्रेस क्षेत्र नम्बर ३का सभापति गोपाल भट्टले प्रधानमन्त्री देउवाले दोधारा क्षेत्रको वाढि प्रभावित अनुगमन गर्ने बताए । उनले प्रधानमन्त्रीको भ्रमणबाट बलियो तटबन्ध, रातह पूर्नस्थापना र क्षतिपूर्तिको अपेक्षा राखेका छन ।







