दोधारा चाँदनीका ३ सय १० घरधुरी बाढी पिडित अम्बिका बिद्यालयको आश्रयमा

दोधारा : आईतबार राति देखि परेको अविरल वर्षा संगै महाकाली र जगबुडा नदीमा आएको बाढीको कारण दोधारा चाँदनीका झण्डै ४ सय घरधुरीमा क्षती भएको छ् ।

महाकाली र जगबुडा नदीमा आएको बाढीको भंगालो दोधारा चाँदनी नगरपालिका वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, निशानी टोल कुतियावकर, प्रधान टोल लगाएत टोलहरुमा पसेपछि स्थाीनयहरुलाई ज्यान जोगाउन समस्या परेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय, नेपाली सेनाले बाढीको कारण फसेकाहरुलाई उद्धार गरेको हो । बाढीको कारण दोधारा चाँदनी–१० का झण्डै ४ सय घरधुरी पुर्णरुपमा प्रभावित भएको आंकलन गरिएको छ् ।

नदीको भंगालो बस्ती पसेपछि घर भत्काउनुको साथै अन्नवाली, चौपायामा समेत ब्यापक क्षती पुगेको स्थानियहरुले बताएका छन् । उद्धारपछि स्थानियहरुलाई नजिकै रहेको अम्बिका माध्यमिक बिद्यालयमा राखिएको अम्बिका माध्यमिक बिद्यालयका शिक्षक यसवन्त खड्काले बताएका छन् । उनका अनुसार कुतियाकवर, शान्ती टोल, बैतिफाँटा गरि ३ सय १० घरधुरीका झण्डै १ हजार ८ सय स्थानियहरुलाई बिद्यालयमा राखिएको छ् । उनिहरुलाई दोधारा चाँदनी नगरपालिकाले खाना र बस्नको ब्यवस्था गरेको बताईएको छ् ।

ताजा समाचार