समाजवादीका युवा विद्यार्थीद्वारा वाढिपीडितलाई राहत


कञ्चनापुर: नेकपा एकिकृत समाजवादीका युवा र विद्यार्थी संगठनले महाकालीका वाढिपीडितलाई राहत वितरण गरेका छन । मंगलबार समाजवादी निकट अनेरास्ववियू र युवा संघले वाढीपीडितलाई राहत वितरण गरेका हुन । महाकाली विस्थापित भएका सिद्धनाथ माविमा बसेका पीडित परिवारलाई खाद्यान्न वितरण गरिएको अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले बताए ।
उनका अनुसार चाउचाउ, पानी र चिउरा वितरण गरिएको छ । कार्यक्रममा अनेरास्ववियूका संयोजक पन्त सहित सह संयोजक प्रज्वल कुँवर, युवा सघका सह संयोजक मुकेस सिह, समाजवादीका नेता राजेन्द्र पाण्डे, व्यवसायी समेत रहेका समावादीकै नेता देवीदत्त पाण्डेय सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img