नेपाली राष्ट्रिय यू-२३ टोलिको कप्तानको जिम्मेवारीमा सुदूरपश्चिमका सान अर्पण


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको फुटबल क्षेत्रमा एकाएक आकर्षण बढ्ने क्रम जारी रहेको बेलामा नेपाली राष्ट्रिय यू- २३ टोलि कप्तानको जिम्मेवारीमा सुदूरपश्चिम प्रदेशका सान अर्पण कार्कीले पाएका छन् ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा बाट आफ्नो फुटबलको यात्रा सुरुवात गरेका आफ्नो मेहनत र फुटबल खेलप्रतिको लगाब र झुकापले फुटबल लाई आत्मसात गर्दै एक पछी अर्को सफलताका साथ महत्त्वपूर्ण जिम्मेवारी समाल्दै आएका छन् ।No description available.
उनले स्नातक तहमा अध्ययनरत अर्पणले महेन्द्रनगरकै खुलामञ्चमा फुटबलको अभ्यास गरेको हुन् । भीभदत्त नगरपालिका– ६ ऐठपुर घर भएका उनी १०÷११ वर्षकै उमेरदेखि मञ्चमा अभ्यास गर्न आउँथे । त्यही बेलादेखि उनी फुटबलमा तल्लीन छन् । स्थानीय स्तरमा पनि उनी विभिन्न प्रतियोगितमा सहभागी भइरहन्थे ।No description available.

नेपाली युवा टोलीमा उनको यात्रा सन् २०१४ मा यु–१४ टिमबाट दिल्लीमा सुब्रतो कपबाट शुरु भएको हो । त्यसपछि यु–१६, यु–१८, यु–१९, यु–२३ बाट खेलिसकेको छन् । २०१७मा उनै कम्पानीमा भुटानमा भएको अन्डर –१८ साफ च्याम्पियनसिप फाइनलमा भारतलाई २–० गोलले पराजित गर्दै नेपाली टोली च्याम्पियन भएको थियो । ०१७ मै किर्गिस्तानमा भएको एएफसी अण्डर –१९ छनोट चरणमा नेपाली टिमको कप्तान कार्की नै थिए ।No description available.

नेपाल गत वर्ष दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक विजेता टिममा पनि कार्की दोस्रो रोजाइका गोलकिपर थिए । उनले नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबसँगै माल्भ्सिको जेजे स्पोर्टस क्लब र भुटानको पारे एएफसी क्लबबाट सम्पर्कमा छन् । उनी सुदूरपश्चिम प्रदेश नेपाली राष्ट्रिय टिमको जिम्मेवारी समाल्ने तेस्रो कप्तानका रुपमा रहेका छन् । पहिलो निराजन मल्ल ,दोस्रो बिरेन्द्र चन्द रहेका छन् ।No description available.
नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न मंगलबार ताजिकिस्तान प्रस्थान गर्दैछ । झन्डै एक महिना तयारी गरेर नेपाली टोली प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ।

एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र ताजिकिस्तान नेपालको समूहमा रहेका छन् । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले साफ च्याम्पियनसिपको नतिजाले मनोबल उच्च रहेको अवस्थामा टोलीलाई सफलता हासिल गर्न शुभकामना दिए ।

त्यस्तै टोलीका प्रशिक्षक महर्जनले भने कमजोर तयारी भएपनि टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास देखाए । ‘हाम्रा प्रतिद्वन्द्वी एसियाली फुटबल नभएर युरोपेली स्तरका छन् । हामीले सकेसम्म राम्रो फुटबल खेल्ने हो । समूह विजेता बन्ने भन्दापनि खेल अनुसार आफूलाई प्रस्तुत गर्नेछौं,’ उनले भने ।

प्रशिक्षक महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी टोलीमा रहेका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा फरवार्ड मनिष डाँगीले पनि यू-२३ टोलीमा खेल्नेछन् ।No description available.

महर्जनले राष्ट्रिय टोलीका खेलाडीले हालसम्म टोलीसँग प्रशिक्षण नगरेकाले केहि समस्या रहने बताए । ‘राष्ट्रिय टोलीका ६ खेलाडी छन् । तर उनीहरुले टोलीसँग प्रशिक्षण गरेका छैनन् । सिनियर टोलीबाट खेलिसकेका हुनाले स्तरमा शंका गर्ने ठाउँ छैन । तर टोलीको समिकरण हेरेर अघि बढ्नेछौं,’ उनले थपे ।

नेपालले प्रतियोगिताको तयारीस्वरुप ताजिकिस्तानमै एक मैत्रीपूर्ण खेल पनि खेल्दैछ । उक्त खेलले टोली छनोटका लागि सहज हुने महर्जनले बताए ।

राष्ट्रिय टोलीको अनुभव बोकिसकेका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् । प्रशिक्षक महर्जनले गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराललाई समेटेका छन् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु पनि छन् । त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखि पनि छन् । आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन् ।

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । टोलीले पछिल्लो एक महिनादेखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा नियमित प्रशिक्षण गरिरहेको छ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १-१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।No description available.

२३ सदस्यीय अन्तिम टोली :

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का


ताजा समाचार

spot_img