कञ्चनपुर: योङ्ग कम्यूनिष्ट लिक(वाईसियल)ले सबै भारतीय पर्यटकलाई नेपाल प्रवेस गर्न दिन माग अघि सारेको छ । वाईसियल भीमदत्त नगर कमिटीले सबै भारतीय पर्यटकलाई नेपाल प्रवेस गर्न दिन माग अघि सारेको हो । वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले संघ सरकारले गड्डाचौकी नाका खोलेपनि प्रहरीले भारतीय नागरिक प्रवेसमा कडाई गरेको भन्दै सबै नागरिकका लागि नाका खोल्नुपर्ने बताए ।

‘सीमा क्षेत्रबाट नेपाल प्रवेस गर्ने क्यासिनोमा आउने जुवाडीलाई मात्रै प्रवेस गर्न गर्न दिएको छ, ‘उनले भने, ‘प्रहरीले पैशा खाएर क्यासिनोका जुवाडेलाई मात्रै प्रवेस गर्न दिएको छ ।’कञ्चनपुर प्रहरीका प्रवक्ता सिद्धराज न्यौपानेले सीमा हेर्ने जिम्मा सशस्त्र प्रहरीको भएको बताउदै, लगाईएका आरोप निराधर भएको बताए । संघ सरकारले तोेकेको मापदण्ड अनुरुप नेपाल आउन चाहेका भारतीय नागरिकलाई आउन दिएको बताए ।

सीमा क्षेत्रमा प्रहरीलाई लगाउने आरोप निराधार भएको दावि गर्दै कसै व्यक्तिले केही स्वार्थका कारण प्रहरीमाथि आरोप मात्रै भएको उनको भनाई छ ।







